कोभिड महामारीः फाइजर खोप अब 'लामो समय फ्रिजमा भण्डारण गर्न सकिन्छ'

फाइजर खोप

तस्बिर स्रोत, Reuters

युरोपेली सङ्घ ईयूको औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ।

युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पग्लिएर द्रवीभूत भएको अवस्थामा नखोलिएको भायल एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो।

यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो।

यो खोप बढी समय खोप भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ।

फाइजर खोपलाई निकै कम तापक्रममा राखेर ढुवानी गर्नुपर्ने भएकाले त्यसलाई खोप प्रयोगमा एउटा अवरोधका रूपमा लिइएको थियो।

यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो।

फेब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था स्वीकृत गरेको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

परिवर्तन

सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो।

यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकालाई समेत प्रयोग गर्न स्वीकृति दिएको छ।

उक्त उमेर समूहमा कोभिड खोप प्रयोगको स्वीकृति दिने क्यानडा पहिलो देश बनेको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनको कोभिड युक्ति