कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

नेपालमा थप ३,४३९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

तीमध्ये १,६८४ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

विगत २४ घण्टामा १५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ५७८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

निको हुने सङ्क्रमितको सङ्ख्या ६८ हजार माथि पुगेको छ।

आज थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००७ पुगेको मन्त्रालयले जनाएको छ।

यी जिल्लामा थपिए ५० भन्दा बढी सङ्क्रमित. नेपालमा कोरोनाभाइरस. असोज २१ गते बुधवार देशभरि ३,४३९ जनामा सङ्क्रमण पुष्टि भयो .
Presentational white space

हालसम्म ९४,२५३ जना सङ्क्रमित भएकोमा ६८,६६८ जना सङ्क्रमणमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

मङ्गवलार थप १,५५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

सोमवार मन्त्रालयले २,४४० सङ्क्रमित फेला परेको र १९ जनाको मृत्यु भएको बताएको थियो।

गत शुक्रवार मन्त्रालयले २,७०० जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ।

बुधवारअघि त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

सङ्क्रमितमध्ये १४,४११ जना घरमै र १०,५९६ जना संस्थागत आइसोलेशनमा छन्।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

विगत २४ घण्टामा १४,२०९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.८ प्रतिशत हो।

गम्भीर लक्षण भएका २३३ सङ्क्रमित सघन उपचारमा र ३७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

५०० भन्दा बढी उपचाररत सङ्क्रमित रहेका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेका छन्।

कोरोनाभाइरस ब्यानर

त्यस्तै सङ्क्रमितहरू शून्य रहेका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ र मुस्ताङ रहेका छन्।

को हुन् सङ्क्रमित?

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्यामा काठमाण्डू उपत्यकाका मानिस धेरै देखिने क्रम जारी छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाण्डूमा १,२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनामा सङ्क्रमण पुष्टि भयो।

त्यसैगरी मोरङमा ३२२, सुनसरी १९३, चितवनमा १३१, बाँकेमा १०६ र रूपन्देहीमा १०६ सङ्क्रमित फेला परे।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. असोज २१ गते अपराह्णसम्मको तथ्याङ्क . .

को हुन् मृतक?

मृतकमध्ये पाँच महिला र १० पुरुष छन्।

उनीहरू मोरङ, सिराहा, रौतहट, काठमाण्डू, ललितपुर, चितवन, नवलपरासी, दाङ रुपन्देहीका हुन्।

उनीहरूको उमेर ४० देखि ७६ वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

नेपालमा सङ्क्रमितमध्ये ०.६१ प्रतिशतको मृत्यु भएको देखिन्छ।