कोरोना भाइरस नेपालः थप २४ सय सङ्क्रमित फेला परे, काठमाण्डू उपत्यकामा अहिलेसम्म ३१ हजार जनालाई कोभिड-१९

कोरोनाभाइरस

नेपालमा थप २,४४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार दिएको छ।

तीमध्ये १,५३१ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८९,००० नाघेको छ।

विगत २४ घण्टामा १९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ५५४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

निको हुने सङ्क्रमितको सङ्ख्या ६५,००० नाघेको छ।

कोरोनाभाइरस

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,१३३ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

आइतवार मन्त्रालयले २,२५३ सङ्क्रमित फेला परेको र पाँचमहिने शिशुसहित सात जनाको मृत्यु भएको बताएको थियो।

गत शुक्रवार मन्त्रालयले २,७०० जनाभन्दा बढीमा सङ्क्रमित भेटिएको पुष्टि गरेको छ। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

त्यसयता प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या २,००० नाघिरहेको छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण. . .
Presentational white space

अहिले देशभरि २३,५०७ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १२,१३६ जना घरमै र ११,१९१ जना संस्थागत आइसोलेशनमा छन्।

मन्त्रालयले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० नाघे फेरि लकडाउन लगाउन सकिने सङ्केत यसअघि दिइसकेको छ।

वाग्मती प्रदेशका जिल्लामा त्यसमा पनि काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space

के छ तथ्याङ्क?

विगत २४ घण्टामा १३,७८१ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म नेपालमा ६५,२०२ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७३ प्रतिशत हो।

गम्भीर लक्षण भएका २४४ सङ्क्रमित सघन उपचारमा र ४३ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सक्रिय सङ्क्रमित. असोज १९ गते अपराह्णसम्मको तथ्याङ्क. .
Presentational white space

को हुन् सङ्क्रमित?

विभिन्न जिल्लामा ९३७ महिलासहित २,४४० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाण्डू जिल्लाका १,१७८ जना, ललितपुर जिल्लाका २५० जना र भक्तपुर जिल्लाका १०३ जना गरी उपत्यकामा कुल १,५३१ जनामा कोभिड-१९ देखिएको हो।

त्यसैगरी मोरङमा ५५, सुनसरीमा १२२, रौतहटमा ८४, चितवनमा १०३, नवलपरासी पूर्वमा ६६ र रूपन्देहीमा ५८ सङ्क्रमित फेला परेको विवरण मन्त्रालयले दिएको छ।

उपत्यकामा कोभिड-१९ पुष्टि हुनेको सङ्ख्या ३१,००० नाघेको छ।

काठमाण्डूमा ११,२९५ सहित अहिले उपत्यकामा झन्डै १४,००० सक्रिय सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

उपत्यकाबाहिर कहाँ छन् धेरै सङ्क्रमित?. धेरै सक्रिय सङ्क्रमित भएका १० जिल्ला. असोज १९ गते सोमवार अपराह्णसम्मको तथ्याङ्कमा आधारित .
Presentational white space

वाग्मती प्रदेशमा सङ्क्रमितको कुल सङ्ख्या ३७,००० नाघेको छ। रसुवामा तीन जनासहित अहिले वाग्मती प्रदेशमा १५,८२८ सक्रिय सङ्क्रमित छन्।

को हुन् मृतक?

मृतकहरूको उमेर तीन वर्षदेखि ९१ वर्षसम्म छ। उनीहरूमध्ये पाँच महिला र १४ पुरुष छन्।

विगत २४ घण्टामा काठमाण्डू उपत्यकामा १२ र सुनसरी, सर्लाहीमा दुई अनि सुनसरी, पर्सा, चितवन, गोरखा तथा नवलपरासी पूर्वमा एक-एक जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा अहिलेसम्म पुष्टि भएका सङ्क्रितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कमसल स्यानिटाइजरको बिगबिगी, 'होसियार नभए ज्यान पनि जान सक्छ'