कोरोना भाइरस नेपाल: १,२०१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

नेपालमा गत चौबीस घण्टामा १,२०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।
शनिवारको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० र निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोभिड १९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ।

गत चौबीस घण्टामा ८५२ जना सङ्क्रमण मुक्त भएका छन् ।
डा. गौतमका अनुसार सङ्क्रमित निको हुने दर ७०.६% रहेको छ।
हाल देशभर १५,२६० जना आइसोलेशनमा रहेका छन् र ६,३५४ जना क्वारन्टीनमा रहेका छन्। तीमध्ये होम आइसोलेशनमा ६,१५३ जना रहेका छन्।
त्यसैगरी २४ घण्टामा १०,१७६ को पीसीआर परीक्षण गरिएको छ।
हाल आईसीयूमा १६० जना र भेन्टिलेटरमा २४ जना रहेका छन्। भेन्टिलेटरमा रहेका मध्ये २१ जना वाग्मती प्रदेशमा रहेका छन्।
मृत्यु हुने कहाँका को हुन्
सुनसरीका ४३ वर्षीय पुरुष, पर्साका ७८ वर्षीय महिला, काठमाण्डूका ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष रहेका छन्।
भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीय महिला, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष रहेका छन्।
त्यसैगरी कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देशीका ६० र ४० वर्षीय पुरुष रहेका स्वास्थ्य मन्त्रालयको वेबसाइटमा जनाइएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










