कोरोना भाइरस नेपाल: थप ५९४ सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ९९ पुग्यो

स्वाब सङ्कलन

तस्बिर स्रोत, RSS

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ५९४ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,३७५ जनामा सक्रिय सङ्क्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन्।

गएको आठ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ छ।

कोरोनाभाइरस ब्यानर

के छ अरू तथ्याङ्क?

गएको २४ घण्टामा ११,५७५ वटा पीसीआर परीक्षण गरिएको छ।

हालसम्म ४९४,६१३ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा २४० जना रोगमुक्त प्रमाणित भएका थिए।

अहिले देशभरि क्वारन्टीनमा १४,६३८ जना छन्।

साउन १ देखि यसरी बढिरहेको छ दैनिक सङ्क्रमण. नेपालमा कोरोनाभाइरस. .
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर