कोरोना भाइरस नेपाल: थप २१० जनामा सङ्क्रमण

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, RSS

नेपालका विभिन्न जिल्लामा थप २१० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण दिएको छ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,२७३ पुगेको छ।

अहिलेसम्म ४९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १४६ जना निको भएसँगै अहिलेसम्म १४,०२१ जना रोगमुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,३६० व्यक्ति देशभरि छन्।

कोरोनाभाइरस सङ्क्रमण

काठमाण्डू उपत्यकामा ४८९ सङ्क्रमित

काठमाण्डू उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ४८९ पुगेको छ।

बुधवार उपत्यकाका तीन जिल्लामा १५ जना र मङ्गलवार ५३ सङ्क्रमित फेला परेका थिए।

यसरी सङ्क्रमित हुनेहरूमा काठमाण्डूमा ३४९ जना, ललितपुरमा ८९ जना र भक्तपुरमा ५१ जना छन्।

राजधानीमा के छ स्थिति?. तीन जिल्लामा कोरोनाभाइरस सङ्क्रमण. काठमाण्डूमा उपचारका क्रममा एक चिनियाँ नागरिकको मृत्यु.

सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ।

बुधवार अपराह्णसम्म १६३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ।

अहिले उपत्यकाका तीन जिल्लामा ३२१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये सुरक्षाकर्मीहरू पनि छन्।

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, RSS

सरकारले पछिल्ला दिनमा उपत्यकामा परीक्षण बढाएसँगै सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

वीरगन्जमा ३४ जना थपिए

पर्साको वीरगन्जमा सेना, प्रहरी, कारागार कर्मचारी र कैदीबन्दी गरी थप ३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन्।

नयाँ पुष्टि भएका सङ्क्रमितहरू दुई वर्षको बालकसहित पाँच बालबालिका र १० महिला रहेको उनले बताए।

स्वेच्छाले पीसीआर परीक्षण गराएका व्यक्तिमा पनि कोरोनाभाइरस सङ्क्रमण देखिएको डा. उपाध्यायले बताए।

कोरोनाभाइरस सङ्क्रमण

पचास शय्या क्षमताको अस्थायी विशेष अस्पताल गण्डकमा सङ्क्रमितको सङ्ख्या बढेपछि व्यवस्थापनमा समस्या भइरहेको बताइएको छ।

यसैबीच पर्साको ग्रामीण भेगको पर्सागढी नगरपालिकामा छ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि ग्रामीण भेगका स्वास्थ्यचौकीहरू बन्द भएका छन्।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,०३७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कुल पीसीआर परीक्षणको सङ्ख्या ३,५८,३४४ रहेको छ।

अहिले देशभरिका क्वारन्टीनमा १४,००० भन्दा बढी मानिस क्वारन्टीनमा छन्।

तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा सर्वाधिक सङ्ख्यामा छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति के छ?. प्रदेशगत विवरण यस्तो छ. साउन १४ गते बुधवार अपराह्णसम्मको विवरण.
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर