तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कमेट नीओवाईजः एउटा पुच्छ्रेताराको सौर्यमण्डलमा दुर्लभ यात्रा, पृथ्वीबाट देखिएका मनमोहक दृश्यहरू
एउटा धूमकेतु आकाशमा हिँडिरहेको मनमोहक दृष्य अहिले उत्तरी ध्रुवको आकाशमा देखिन्छ।
कमेट नीओवाईज नाम दिइएको उक्त धूमकेतु अर्थात् पुच्छ्रेतारा गत मार्च महिनामा पत्ता लागेको थियो। यो शताब्दीमा नाङ्गो आँखाले देखिने थोरै पुच्छ्रेतारामध्ये यो पनि एउटा हो।
जुलाई २३ मा यो पृथ्वीसँग सबैभन्दा नजिकै आइपुग्दा १०.३ करोड किलोमिटरको दूरी हुनेछ।
मान्छेको जीवनमा अद्वितीय मानिने यो दुर्लभ खगोलीय घटनाका केही शानदार तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
कहाँ देखिन्छ?
यो तस्बिर यूकेको साल्ट्बर्नमा खिचिएको हो।
कमेट नीओवाईज उत्तरी ध्रुवमा पर्ने युरोप, अमेरिका र क्यानडामा सूर्योदय हुनुअघि र सूर्यास्त भएपछि देखिन्छ।
क्षितिजको तल्लो भागमा उत्तर र पूर्वोत्तर दिशाको बीचमा यसलाई देख्न सकिन्छ।
जीवनमा अद्वितीय घटना
यो तस्बिर रुसमा खिचिएको हो। सबैतिर मानिसहरू यो पुच्छ्रेतारा देखेर रमाएका छन्।
यो धूमकेतु अब ६,८०० वर्ष पृथ्वी भएतिर आउँदैन।
त्यसैले अहिले पृथ्वीवासीका लागि यो अद्वितीय घटना हो।
दूरबिन भए झन् राम्रो
यो तस्बिर इटलीमा खिचिएको हो।
तस्बिरमा हेर्दा रात्रिकालीन आकाशमा देखिने धूमकेत नीओवाईज सीधा रेखामा ठूलो गतिमा हिँडे जस्तो लाग्छ।
तर राम्ररी हेर्ने यो भने यो झन्डैझन्डै स्थिर र सानो छ। किनभने यो अन्तरिक्षमा धेरै पर छ।
जुलाई २३ मा यो धूमकेतु चन्द्रमाभन्दा ४०० गुना परको दूरीमा आइपुग्छ।
नाङ्गो आँखाले सजिलै देखिने भए पनि दूरबिन र दूरदर्शक यन्त्र भए त झन् राम्रो!
बाह्य सौर्यमण्डलतिर जाँदै
यो दृश्य टर्कीको आकाशमा देखिएको हो।
सूर्यवरिपरि भएको कक्षमा हुने विशाल ढुङ्गा नै धूमकेतु हो। त्यसमा ढुङ्गाबाहेक हिउँ र विभिन्न ग्यास पनि हुन्छन्।
सूर्यको तापले हिउँ पग्लिँदा ग्यास निस्किन्छ र त्यसबाट लामो पुच्छर बनेको हामी पृथ्वीबाट देख्छौँ।
मार्चमा पत्ता लागेको थियो
कमेट नीओवाईज नासाको नीओवाईज भूउपग्रहको सहयोगमा मार्च महिनाको उत्तरार्धमा पत्ता लागेको थियो।
यात्राका क्रममा सूर्यसँग सबैभन्दा नजिकै पुग्दा पनि यो ध्वस्त भएन। अहिले यो बाह्य सौर्यमण्डलतिर गइरहेको छ।
यो स्पेनमा बार्सिलोनानजिकै देखिएको दृश्य हो।
हेर्ने उपयुक्त समय
विश्वभरि धेरै ठाउँबाट यो धूमकेतु देखिन्छ। यो तस्बिर चीनमा खिचिएको हो।
जुलाई महिनाभरि यो खगोलीय पिण्ड पश्चिमतिर गएको देखिन्छ।
मध्यजुलाईदेखि यो रातभरि देखिन्छ। अलिपछि यो आकाशमा हराउनेछ।
बाह्य अन्तरिक्षबाट देखिने दृश्य
यो धूमकेत बाह्य अन्तरिक्षमा छ। त्यसैले पृथ्वीबाट र बाहिरबाट पनि देखिन्छ।
यो तस्बिर इन्टर्न्याश्नल स्पेस स्टेशनबाट खिचिएको हो।
अन्तरिक्षयात्री इभन भ्याग्नरका अनुसार कमेट नीओवाईज सात वर्षको अवधिमा देखिएको उज्ज्वलतम पुच्छ्रेतारा हो।
उनी भन्छन्, "यसको पुच्छर स्पेस स्टेशनबाट एकदमै स्पष्ट देखिन्छ।"
यो पनि हेर्नुहोस्