कोरोना भाइरस नेपाल: थप २५० जनामा सङ्क्रमण पुष्टि

परीक्षण

तस्बिर स्रोत, Rss

नेपालमा विगत २४ घण्टामा थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

बिहीवार सङ्क्रमित भएकामध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको छ।

योसँगै बिहीवार अपराह्णसम्म देशभरि ७२ जिल्लामा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ।

तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका हुन्।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण. गत १० दिनको सङ्क्रमण पुष्टि हुने क्रम. गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या .

बुधवार बुधवार २७९ जनामा र मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।

कुन प्रदेशमा कति?

डा. गौतमका अनुसार प्रदेश नं १ का १३ जिल्लामा ३०७ जना, प्रदेश नं २ का ८ जिल्लामा १,६७१, वाग्मती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना सङ्क्रमित रहेका छन्।

त्यस्तै प्रदेश नं ५ का १२ जिल्लामा १,३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना सङ्क्रमित रहेका छन्।

कहाँ कति सङ्क्रमित थपिए?. . .

विगत २४ घण्टामा थप १८७ जना कोरोरनाभाइरसमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

के छ अरू तथ्याङ्क?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,२६३ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या एक लाख १५ हजार ९३० पुगेको छ।

कोरोनाभाइरस ब्यानर

क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।

अहिले देशभरि १,६२,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्।

तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस उपचारमा खटेकी चिकित्सकको अनन्य मित्र उनको फोन
कोरोनाभाइरस ब्यानर