तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस चीन: सार्वजनिक यातायातको त्रास हटाउन 'रोबोट्याक्सी'को प्रयोग
- Author, जस्टीन हार्पर
- Role, आर्थिक संवाददाता
चीनका सर्वसाधारणहरूमा सार्वजनिक यातायात प्रयोग गर्ने विषयमा डर देखिएका बेला चालकविना चल्ने स्वचालित रोबोट्याक्सीको प्रयोग बढेको छ।
बढ्दो माग धान्नका लागि रोबोट्याक्सी सञ्चालकहरूले त्यस्ता ट्याक्सीहरूको सङ्ख्या बढाउने योजना बनाएका छन्।
आगामी महिनाभित्र शाङ्घाइमा १०० वटा स्वचालित ट्याक्सी प्रयोगमा ल्याउने अटो एक्स कम्पनीले जनाएको छ।
"महामारीले हाम्रो समाजलाई यस्तो अवस्थामा स्वचालित सवारीसाधन चाहिन्छ भन्ने कुरा मनन गराएको छ," प्रख्यात चिनियाँ कम्पनी अलिबाबाको साथ पाएको अटो एक्स कम्पनीका प्रवक्ताले बताए।
"आफै नि:सङ्क्रमित हुनसक्ने र चालकविना चल्ने हुँदा रोबोट्याक्सीले धेरै ज्यान जोगाउन सक्छ।"
चीनको गुगल भनेर चिनिने बाइडु सर्च इन्जिनले पनि एपोलो रोबोट्याक्सी चीनका विभिन्न सहरहरूमा प्रयोगमा ल्याउने बताएको छ। तर उसले सङ्ख्या भने खुलाएको छैन।
बाइडुले टोयोटा, होन्डा र फोर्डजस्ता कम्पनीसँग मिलेर एपोलोको विकास र निर्माण गरेको हो।
"महामारीले विशेषखाले समयमा स्वचालित प्रविधिको माग देखाएको छ," बाइडुका प्रवक्ताले भने।
"हामी र हाम्रा सहयोगीहरूले स्वचालित सवारी प्रयोग गरिरहेका छौँ र हामीले १७ सहरमा १०४ स्वचालित सवारी प्रयोगमा ल्याएका छौँ जसले सामानलाई नि:सङ्क्रमित गरेर तोकिएको स्थानमा पुर्याउन सहयोग गरिरहेका छन्।"
तर पहिलो चरणमा भने ती रोबोट्याक्सीहरू पूर्ण रूपमा स्वचालित हुने छैनन्। सुरक्षाका लागि भनेर एकजना चालकको व्यवस्था गरिने छ।
"तर सुरक्षाका लागि राखिएका चालकहरूलाई क्रमशः हटाउँदै लगिने छ," अटो एक्सका प्रवक्ताले भने।
"भाइरस फैलिनबाट रोकियोस् भन्ने लामो समयसम्म चिन्ताको विषय बन्ने छ जसले यस्तो किसिमको सवारीसाधनलाई प्रेरित गर्ने छ।"
सन् २०२५ सम्ममा स्वचालित सवारीसाधनको ठूलो सङ्ख्यामा उत्पादन गर्न सहयोग पुर्याउनका लागि गत फेब्रुअरी महिनामा चीन सरकारले यस्ता किसिमका सवारीसाधन विकासका विषयमा पूर्णखाका सार्वजनिक गरेको थियो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ