तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: गुगलले दैनिक एक करोड ८० लाख फर्जी इमेल रोक्दै
- Author, जो टाइडी
- Role, साइवर सुरक्षा मामिला संवाददाता
गुगलका अनुसार कोरोनाभाइरस महामारीका कारण इमेलमार्फत् 'फिशिङ्ग हमला'का लहर नै चलेका छन्। अपराधीहरूले यस्ता हमलामा प्रयोगकर्ताहरूबाट उनीहरूको व्यक्तिगत विवरण चुहाउने जुक्ति लगाउँछन्।
गुगलले अहिले दैनिक लगभग दुई करोड त्यस्ता फिशिङ्ग इमेलहरू रोकिरहेको जनाएको छ।
पछिल्ला सातामा फर्जी इमेलका पाँच भागको एक भाग कोरोनाभाइरसँग जोडिएका थिए।
उक्त कम्पनीका लागि यो भाइरस फिशिङ्ग जोडिएको अहिलेसम्मकै ठूलो विषय बनेको छ।
गुगल कम्पनीको जिमेल सुविधा अहिले विश्वका डेढ अर्ब मानिसले प्रयोग गर्छन्।
अफवाह फैलाउन खोज्नेहरूले जिमेलमा दैनिक एक करोड ८० लाखको सङ्ख्यामा झूटा इमेल पठाउने गरेको प्रविधि कम्पनी गुगलले जनाएको छ।
आधिकारिक निकायझैँ लाग्ने ठाउँबाट मानिसहरूलाई अहिले अनेकथरी इमेल आउँछन्।
उदाहरणका लागि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विभिन्न सफ्टवेयरहरू डाउनलोड गर्न भन्नेदेखि लिएर हुँदै नभएका कामका लागि चन्दा दिन भन्ने कुरासम्म छन्।
साइबर अपराधीहरूले सरकारहरूले दिने राहत प्याकेज समेत हात पार्नका लागि सार्वजनिक निकायहरूलाई झुक्याउने नक्कली परिचय खडा गर्ने प्रयासहरू समेत गरेका छन्।
गुगलको दाबी अनुसार 'मशिन लर्निङ्ग'को तरिका प्रयोग गरेर ९९.९ प्रतिशतसम्म त्यस्ता फर्जी इमेलहरू रोकिएको छ।
अन्य थुप्रै साइबर सुरक्षा कम्पनीहरूले कोरोनाभाइरससँग जोडिएका फिशिङ्ग गतिविधिहरू सामना गरिराखेका छन्।
बराकुडा नेटवर्क्सले यस महामारीका बेला घृणा फैलाउने फिशिङ्ग इमेलहरूमा ६६७ प्रतिशतले वृद्धि भएको जनाएको छ।
अफवाह फैलाउन खोज्नेहरूले झूटा इमेल र एसएमएसहरू बेलायत सरकार, डब्ल्यूएचओ, सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनदेखि लिएर अमेरिकी राष्ट्रपतिसहित त्यहाँका अधिकारहरूले पठाएका भन्ने छन्।
एक स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ता भन्छन्: "फिशिङ्ग हमलाहरूको एउटा साझा चरित्र केही कुरामा उकास्ने वा भावनात्मक बनाएर धेरै नसोचिकन तत्काल प्रतिक्रिया जनाउन बाध्य पार्ने हुन्छ।"
"कोरोनाभाइरस अहिलेको निकै भावनात्मक विषय हो र साइबर अपराधीहरूले त्यो राम्ररी बुझेका छन्। यस तरिकाले एउटा आममानिस कुनै लिङ्क क्लिक गर्न वा गलत तरिकाहरू पछ्याउन उद्धत हुन्छ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
'दुरूपयोग'
अनुसन्धानकर्ताहरूले कतिपय घृणा फैलाउने वेबसाइट र स्मार्टफोन एप्सहरू कोरोनाभाइरसबारेका सही सूचना प्रयोग गरेर सञ्चालन गरिएका पाइएका छन्।
एउटा त्यस्तो एपले भाइरसको सङ्क्रमणबारे जानकारी दिने बताएको छ, तर उसले फोनमा विभिन्न अवरोध सिर्जना गरेर पैसा तिरेपछि मात्र त्यसलाई पुन: सञ्चालन हुन सक्ने बनाउँछ।
हालै यूकेको राष्ट्रिय साइबर सुरक्षा केन्द्र एनसीएससी र अमेरिकाको होमल्याण्ड सेक्युरिटी मन्त्रालयले संयुक्त रूपमा एउटा सूचना प्रकाशित गरेका छन्।
त्यसमा उनीहरूले यस्ता साइबर हमलाका घटनाहरूको बढ्दो क्रम देखिएको भन्दै त्यसले हालको कोभिड-१९ महामारीसँग जुझ्ने उद्देश्यको दुरुपयोग गरेको जनाएका छन्।
यस्ता गलत प्रयासहरूको मारमा पर्नबाट जोगिन सहयोग पुग्ने गरी एनसीएससीले आफ्नो वेबसाइटमा एउटा सूचना समेत प्रकाशित गरेको छ।