कोरोनाभाइरस विरुद्धको लडाईँ: राति ९ बजे बत्ती निभाउने मोदीको आग्रहपछि भारतमा चिन्ता

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरसविरुद्धको लडाईँमा समर्थन जनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार राति ९ बजे बिजुली बत्ती निभाएर मैन बत्ती बाल्न आग्रह गरेपछि उनले चौतर्फी आलोचना खेपिरहेका छन्।
भारतका विभिन्न राज्यका विद्युत बोर्डहरूले चाहिँ दशौँ लाख मानिसहरूले त्यसरी बत्ती निभाएर एक्कासि बाल्दा विद्युतीय प्रणालीमा एक्कासि माग बढ्न गई प्राविधिक समस्या आउन सक्ने चेतावनी दिएका छन्।
उनका समर्थकहरूले मोदीको समर्थन गरिरहेका छन्। तर अन्य केहीले उनको आग्रह एक खतरनाक प्रचारबाजी हुन सक्ने भन्दै मोदीको आलोचना गरिरहेका छन्।
मोदीले राति ९ बजे देखि नौ मिनेटसम्म सबै भारतीय नागरिकलाई बिजुली बत्ती निभाएर मैँनबत्ती, टर्च वा मोबाइलको टर्च बाल्न आग्रह गरेका छन्। मोदीले त्यसबाट कोरोनाभाइरसविरुद्ध मानिसहरू एकजुट भएको सन्देश जानेछ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
भारतमा आइतवार साँझसम्म ३०७२ जनामा कोरोनाभाइरस देखिएको छ भने ७५ जनाको मृत्यु भएको छ। २७५ जनालाई निको भइसकेको खबर छ।
चिन्ता
तर भारतीय विपक्षी दल कांग्रेसका नेता तथा पूर्व केन्द्रीय मन्त्री जयराम रमेशलगायतका व्यक्तिले विद्युत प्रसारणमा समस्या उत्पन्न हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
इन्डियन एक्सप्रेसका अनुसार भारतमा दैनिक १५० गिगावाट भन्दा धेरै बिजुली आपूर्ति हुने गरेको छ। एकैचोटी बिजुली निभाउँदा र फेरि एक्कासि बाल्दा भार व्यवस्थापनमा समस्या उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
अल इन्डिया पावर फेडेरेशनका अध्यक्ष शैलेंद्र दुबेका अनुसार बिजुली खपत गर्नु पर्ने बस्तु भएकोले त्यसलाई खपत गर्नु पर्छ किनभने त्यो सङ्ग्रहित हुन सक्दैन।
उनका अनुसार अहिले भारतमा १२०,००० मेगावाट विद्युत उत्पादन भइरहेको छ। जबकि सामान्य अवस्थामा त्यो १६७,००० मेगावाट हुने गर्थ्यो।
प्रसारणमा समस्या
उनका अनुसार बिजुली खपत नहुँदा भोल्टेज घट्न सक्छ र प्राविधिक समस्याका कारण विद्युत ग्रिड अर्थात प्रसारणमा समस्या आउन सक्छ।
सम्भाव्य खतरालाई मध्यनजर गरेर ऊर्जा मन्त्रालयले भने घरमा बिजुली निभे पनि बाहिर सडक र सार्वजनिक स्थलमा बिजुली बन्द नगर्न आग्रह गरेको छ।
भारतमा सन् २०१२ मा प्रसारणमा समस्या भई ग्रिड फेल हुन जाँदा देशको ठूलो हिस्सा अध्यारोमा डुबेको थियो। रेल बीचमै रोकिएका थिए भने कारखानाहरू पनि बन्द हुन पुगेका थिए।
बिना-ग्वालियर लाइनमा ट्रिप भई प्राविधिक समस्या उत्पन्न भएकाले त्यसो हुन गएको थियो। त्यसरी प्राविधिक समस्या आउँदा तिनलाई ठीक गर्न १५ घन्टा सम्म समय लागेको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









