तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दिल्ली हिंसा: सत्तापक्ष विपक्षबीच आरोप प्रत्यारोप, प्रधानमन्त्रीद्वारा शान्तिका लागि अपिल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीमा गत तीनदिनदेखि जारी हिंसाका सम्बन्धमा पहिलोपल्ट आफ्नो धारणा प्रकट गरेका छन्।
बुधवार दिउँसो सामाजिक सञ्जालको वेबसाइट ट्वीटरमा सन्देश लेख्र्दै उनले दिल्लीका उनका "दिदिबहिनी तथा दाजुभाइहरू" लाई "सदा शान्ति तथा भाइचारा कायम राख्न" अनुरोध गरेका छन्।
उनले राजधानी दिल्लीको विभिन्न भागको अवस्थाका बारेमा आफूले गहन समीक्षा गरेको बताउँदै स्थलमा शान्ति कायम गर्न र अवस्था सामान्य तुल्याउन प्रहरी तथा अन्य निकायहरूले काम गरिरहेको दाबी पनि गरेका छन्।
राजीनामा माग
उत्तर पूर्वी दिल्लीमा तीनदिनदेखि हिंसा जारी रहेको अवस्थामा भारतको विपक्षी दल कांग्रेस पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बुधवार गृहमन्त्री अमित शाहले राजीनामा दिनु पर्ने बताएकी छन्।
एक पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, " कांग्रेस कार्यसमितिको धारणा छ कि दिल्लीको वर्तमान अवस्थाकालागि केन्द्र सरकार, विशेषगरि गृहमन्त्री जिम्मेवार छन्। गृहमन्त्रीले राजीनामा दिनुपर्छ।"
सोनिया गान्धीको अभिव्यक्तिपछि सत्ताधारी भारतीय जनता पार्टीले पनि एक पत्रकार सम्मेलन गरेर कांग्रेस पार्टीले दिल्लीमा भएको हिंसामाथि राजनीति गरेको आरोप लगाएको छ।
दिल्ली प्रहरी
दिल्ली पुलिसका कमिश्नरले उत्तरपूर्वी दिल्लीमा भएको हिंसामा प्रहरी ढिलो पुगेको भएतापनि स्थितिलाई नियन्त्रणमा लिन तुरून्त कदम चालिएको बताएका छन्।
उनले त्यहाँका कतिपय स्थानमा शान्ति कायम भएको पनि दाबी गरेका छन्।
दिल्लीमा भड्किएको हिंसाका कारण कम्तीमा २३ जना मारिएका छन्।
मुस्लिमहरूको घर तथा पसलहरूलाई नियतवश निशानामा पारिएको विवरण आएका छन्।