तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रदेश नं ३ को नाम वाग्मती, राजधानी हेटौँडा कायम
प्रदेश नं ३ को राजधानी नाम वाग्मती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेश सभाले आइतवार पारित गरेको छ।
राजधानीका विषयमा प्रदेश नं ३ सरकारले गरेको प्रस्तावको पक्षमा १०५ मत खसेको थियो।
एक सय १० सदस्य रहेको प्रदेश सभामा सो प्रस्तावको विपक्षमा तीन मत मात्रै खस्यो।
त्यस्तै नाम वाग्मती राख्न काङ्ग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १०८ मत पर्यो।
नाम र राजधानीबारे निर्णय हुन नसकिरहेका बेला सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडाका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको थियो।
शुक्रवार नेकपाको संसदीय दलभित्र झन्डै ४० सांसदले प्रादेशिक राजधानीको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए।
शनिवार प्रदेशसभाको बैठकमा नेकपाको नेतृत्वमा रहेको प्रदेश सरकारले औपचारिक रूपमा उक्त प्रस्ताव दर्ता गरेको हो।
नेकपाको बहुमत रहेको उक्त प्रदेशमा ११० सांसदमध्ये ८० जना नेकपाका छन्। प्रदेश नं ३ को राजधानी र नाम सम्बन्धी प्रस्तावमाथि छलफल शनिबार सकिएको थियो।
प्रदेश राजधानीका लागि मकवानपुरको हेटौँडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको थियो।
संविधानको धारा २८८ को उपधारा २ अनुसार प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट निर्णय हुनुपर्नेछ।
सातवटा प्रदेशमध्ये अहिलेसम्म कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशले मात्र आफ्नो नाम र राजधानीको टुङ्गो लगाएका छन्।