तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वर्ण जितेपछि बुवालाई अचानक अगाडि पाउँदा…
कराते खेलाडी सुनिता महर्जनले १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितमा स्वर्ण हात पारेपछि बुवालाई आफ्नो अगाडि पाउने कल्पना गरेकी थिइनन्।
छोरीको खेल हेर्न ६४ वर्षीय नाति महर्जन भने मनमैँजुबाट सातदोबाटोस्थित खेलस्थानमा पुग्दा छोरी सुनिताले स्वर्ण हात पारिसकेकी थिइन्।
उमेरले २६ लागेकी कराते खेलाडी सुनिताले सफलताको श्रेय पेसाले माली रहेका आफ्ना बुवालाई दिन्छिन्।
जीवनभरि आफ्ना बुवाले गरेको मेहनत सफल भएको र उनको सपना पूरा गर्न पाएकोले निकै गर्व लागेको सुनिताले बताइन्।
नेपाल प्रहरीसँग आबद्ध उनले करातेको कुमितेतर्फ ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
अनि यो पनि
- सागमा पहिलो पटक तरबारको खेल
- ३२ वर्षअघि नेपाली खेलाडीले बनाएको कीर्तिमान यथावत्
- लामो प्रतीक्षा सकियो: स्वर्ण विजेता रसाइली