तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महिला हिंसा विरुद्ध संसारभर भएका प्रदर्शनका झलक
संसारभरका मानिसहरूले सडकमा उत्रिएर महिलामाथि हुने हिंसाको अन्त्यको माग गरेका छन्।
नेपाललगायत मेक्सिको, इटली, टर्की र सुडानजस्ता देशहरूमा विरोध प्रदर्शनहरू आयोजना गरिएका छन्।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका दिन सोमवार संसारभर त्यस्तो प्रदर्शन आयोजना गरिएका हुन्।
सन् २०१७ मा संसारभर ८७ हजार महिला र बालिकाहरूको हत्या भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ।
संयुक्त राष्ट्र सङ्घका अनुसार महिला र बालिकाहरूमाथिको हिंसा "आजको विश्वमा सबैभन्दा धेरै फैलिएको र खतरनाक मानव अधिकार हनन्" हो।
ल्याटिन अमेरिकामा ठूला प्रदर्शनहरू भएका छन्। त्यहाँ प्रत्येक दिन औसत १२ जना महिला र बालिकाहरूको हत्या हुने गरेको छ।
युरोपेली देशहरूमा पनि प्रदर्शन भएका छन्।
सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।