तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्रीको स्वास्थ्य: छातिको एक्स-रे गरेर मन्त्रीपरिषद् बैठकको अध्यक्षता
आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डूको त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गरेको उनका निजी चिकित्सक दिव्या सिंह शाहले बीबीसीलाई बताइन्।
शाहका अनुसार त्यहाँ उनको छातीको एक्स-रे गरिएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि गत बुधवार एक निजी अस्पताल भर्ना भएका ओलीको दुई पटक डायालिसिस गरिएको थियो।
उनी बिहीवार अस्पतालबाट फर्केयता कुनै सार्वजनिक कार्यक्रमहरूमा सहभागी भएका छैनन्।
तेस्रोपटक डायालिसिस हुन लागेको हो?
तेस्रो डायालिसिसको चर्चा चलिरहेका बेला निजी चिकित्सक शाहले, यो समाचार तयार पारुन्जेल 'त्यसको लागि जाँचहरू भइरहेको तर निष्कर्षमा नपुगिएको' बताइन्।
"त्यसो गर्नुपर्ने अवस्था आयो भनेपनि मिर्गौलाको समस्या भएका बिरामीका लागि त्यो सामान्य र सुरक्षित प्रक्रिया हो।"
आइतवार सरकारी निवास बालुवाटारमा ओलीले मन्त्रीपरिषद् बैठक गरेका थिए।
११ बजे बैठक बोलाइएको भएपनि मन्त्रीहरूलाई केहीबेर कुराएर उनी शिक्षण अस्पताल पुगेको बताइएको छ।
सचिवालयलाई जानकारी
शनिवार बालुवाटारमा बसेको नेकपाको सचिवालय वैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो मिर्गौला बिग्रिएको जानकारी दिएको सचिवालयका एकजना सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।
श्रेष्ठले भने: "डाक्टरहरूले थप परिक्षणहरू गरेर फेरि मिर्गौला फेर्ने की डायालिसिसमा रहने निर्णय गर्ने भनेर प्रधानमन्त्रीले हामीलाई जानकारी दिनुभएको छ।"
बाह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेला बेला समस्या देखिँदै आएको छ।
साउन र भदौ महिनामा दुई पटक उनको सिङ्गापुरमा उपचार भएको थियो।
यो पनि हेर्नुहोस्