तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लरी मृत्यु प्रकरण: भियतनामद्वारा मानव तस्करीको निन्दा
ब्रिटेनको प्रहरीले एसिक्समा लरीमा भेटिएका ३९ शव सबै भियतामी नागरिकहरूको भएको विश्वास गरेको बताएपछि भियतनामको सरकारले मानव तस्करीको कडा निन्दा गरेको छ।
भियतनामको विदेश मन्त्रालयले विश्वभरका सबै देशहरूलाई यस्तो अपराधसँग जुध्न आपसी सहयोग बढाउन आह्वान गरेको छ।
पक्राउको सिलसिला
भियतनाम तथा ब्रिटेनका अधिकारीहरूले २३ अक्टोबरमा फेला परेका शवहरूको पहिचान कार्य जारी राखेका छन्।
उक्त दु:खद घटनालाई लिएर थुप्रै पक्राउ गरिएका छन्।
सोमवार उक्त लरीका चालक मउरिस रबिन्सन हत्याको अभियोग सामना गर्न अदालतमा उपस्थित गराइए।
अभियोजनकर्ताहरूले रबिन्सन मानव तस्करीको विश्वव्यापी समूहको हिस्सा भएको आरोप लगाएका छन्।
प्रहरीले उत्तरी आयरल्याण्डका दुई दाजुभाइलाई पनि सोही अभियोगमा खोजिरहेका छन्।
भियतनामको प्रहरीले पनि दुई जनालाई मानव तस्करीको आरोपमा पक्राउ गरेको छ।
एन्टी स्लेभरी इन्टरनेशनल नामक संस्थाको प्रतिवेदन अनुसार ब्रिटेनमा मानव तस्करीका सम्भाव्य पीडितहरूमा भियतनामी पनि पर्छन्।