नेपालमा सी जिन्पिङ: सामाजिक सञ्जालमा सम्झौता कार्यान्वयनको पाटोमा आशङ्का

तस्बिर स्रोत, RSS
चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच बहुपक्षीय क्षेत्रका विभिन्न २० वटा सहमति र सम्झौतामा हस्ताक्षर भएका छन्।
रेलको सम्भाव्यता अध्ययनदेखि नगरपालिकाहरूबीच भगिनी सम्बन्ध स्थापना कायम गर्ने सम्मका सम्झौता भएको विषयलाई कतिपयले उपलब्धिपूर्ण भनी अर्थ्याएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न र उक्त भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त भएको बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
तर कतिपयले चाहिँ विगतमा पनि सहमति र सम्झौता हुने गरेको तर त्यसको कार्यान्वयनका क्रममा सरकारकै काम गर्ने शैली सुस्त हुँदा गति लिन नसकेको भनेर आलोचना पनि गर्ने गरेका छन्।
यसै विषयमा हामीले सामाजिक सञ्जालका प्रयोगकर्तालाई २३ वर्षपछि उत्तरी छिमेकी देश चीनका राष्ट्रपतिको भ्रमण नेपालका लागि कतिको फलदायी हुनसक्यो भनेर सोधेका थियौँ।
त्यसमाथि प्राप्त अधिकांश प्रतिक्रियामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले राष्ट्रपति सीको नेपाल भ्रमण हुनुलाई नै फलदायी मान्नुपर्ने बताएका छन्।
उनीहरूले भ्रमण फलदायी भए नभएको कार्यान्वयन पक्ष हेरेर मात्रै बताउनसक्ने धारणा राखेका छन्।
ममता गिरीले ट्वीटरमा लेखेकी छन्, "जनताको हितका लागि सबै योजना र नीतिहरूलाई कार्यान्वयनमा लैजान एकदमै आवश्यक छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
दिनेश पराजुलीलाई पनि कार्यान्वयनकै पाटोमा आशङ्का लागेको छ।
उनी लेख्छन्, "हस्ताक्षर हुँदैमा फलदायी भयो भन्न सकिन्न। त्यसको कार्यन्वयन हुनुपर्छ दुबै पक्षबाट तब मात्रै फलदायी हुनेछ।"
रुद्रमणि लम्सालले पनि समान धारणा राख्दै लेखेका छन्, "सहमति र सम्झौता हुनु कुनै नयाँ र ठुलो कुरा भने पक्कै होइन। कार्यान्वयन गर्न नेपाल सरकारले तदारुकता देखाउनु ठूलो कुरा होला।"
अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता नवराज बास्तोलालाई चाहिँ सहयोगको अपेक्षा बारम्बार गर्नु ठीक होइन भन्ने लागेको रहेछ।
उनको प्रतिक्रिया छ, "पक्कै पनि छिमेकी राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्नु राम्रो हो। तर सहयोगका लागि हात फैलाउने कुराले मन दुख्छ। बरू विदेशीसँग शीप र प्रविधि भित्र्याउने अनि जबसम्म प्रत्येक नागरिक, नेता कर्मचारीलाई यो मेरो देश हो र यहाँ हामीले नै केही गर्नुपर्छ भन्ने भावना जागृत हुँदैन तबसम्म हामी अरूको सहयोगको अपेक्षा गरिरहन्छौं। जसका कारण देशमा जो आए पनि कुनै अर्थ हुँदैन।"
रामसुन्दर बसीलाई चाहिँ कृषि छलफल नभएको प्रति गुनासो रहेछ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
उनले फेसबुकमा लेखेका छन्, "कृषि,पर्यटन र जलविद्युतमा नै नेपालको भविष्य अड्किएको मानिन्छ तर ८० प्रतिशत नेपालीहरूसँग प्रत्यक्ष सम्बन्धित कृषि विषयमा आधुनिक कृषि प्रविधिमा विश्वलाई नै चकित तुल्याउँदै आएको चीनसँग छलफल नहुनु नेपाल र नेपालीको लागि दुर्भाग्य हो।"
अर्का प्रयोगकर्ता अरुण जीसीले ट्वीटरमा लेखेका छन्, "चिनियाँ राष्ट्रपतिको भ्रमण आफैँमा उपलब्धिमुलक काम हो। यसको निरन्तरता र सम्बन्धमा प्रगाढता ल्याउन सके निकै कुराहरू पक्कै हुनेछन्।"
आफूलाई महास्वतन्त्र भनेर ट्वीटरमा चिनाउने लक्ष्मी पौड्यालले लेखेका छन्, "यस्ता सम्झौता प्रशस्त हुन्छन्। इतिहासमा भएका पनि छन्। तर उपलब्धि र कार्यान्वयन न्यून हुने गरेको इतिहास साक्षी छ।"
ट्वीटरमै अर्का प्रयोगकर्ता लेखनाथ पौडेलले कति फलदायी भयो भनेर हेर्न एक वर्ष कुर्नुपर्ने बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4








