तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सान फ्रान्सिस्कोमा जडान गरिएको 'संसारको सबैभन्दा पुरानो वेबक्याम' बन्द गरिने
विश्वको सबभन्दा पुरानो निरन्तर चलिरहेको वेबक्याम २५ वर्षपछि बन्द गरिँदैछ।
सन् १९९४ मा उक्त 'फग क्याम' जडान गरिएको थियो। त्यसको उद्देश्य सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटी क्याम्पसमा मौसम कसरी परिवर्तन भइरहन्छ भनेर अवलोकन गर्नुथियो।
त्यसपछि उक्त वेबक्यामले नियमित मर्म सम्भारको बेलाबाहेक निरन्तर प्रसारण गरिरह्यो।
यसका निर्माताहरूले अब उक्त वेबक्याम राख्ने उपयुक्त स्थान नभएकाले बन्द गर्न लागिएको बताएका छन्।
ड्यान वङसँग मिलेर उक्त वेबक्याम जडान गरेका जेफ स्वार्जले अगस्ट ३० मा बन्द हुने बताए।
"हामीलाई लाग्यो अब यो बन्द गरिनुपर्छ," स्वार्जले एसएफ गेट पत्रिकालाई भने।
वेबसाइट भने चलिरहने
सो फगक्याम बन्द गरिएपनि यसले प्रसारण गर्ने भिडिओ देखाउने वेबसाइट भने चलिरहनेछ।
स्वार्जका अनुसार सन् १९९३ मा केम्ब्रिज विश्वविद्यालयमा राखिएको संसारकै पहिलो लाइभ-क्यामबाट प्रेरित भई उक्त वेबक्याम उनले जडान गरेका हुन्। केम्ब्रिजको सो लाइभ-क्याम सन् २००१ मै बन्द भएको थियो।
सन् १९९४ ताका स्वार्ज र वङ उदाउँदा प्रोगामर थिए। वेबक्याम प्रोजेक्टलाई उनीहरूले कोडिङको अभ्यास गर्न र प्राम्भिक चरणको वेब प्रविधि बुझ्न प्रयोग गरेका थिए।
"यो सानो पहल थियो तर यसको आफ्नै जीवनजस्तो बन्यो," उनले पत्रिकालाई भने। "मानिसहरूले रुचाएका कारण हामीले यसलाई चलाइरह्यौँ।"
"हाम्रो वेबक्याम इन्टरनेटका प्रारम्भिक दिनहरू सम्झाउने प्रतीक पनि हो," स्वार्जले भने।
यो पनि पढ्नुहोस्