सन्दीप लामिछाने: सामाजिक सञ्जालमा चर्चा भएपछि नेपाली खेलाडीले अमेरिकाको भिसा पाए

नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी राजदूतावासले उनलाई फेरि बोलाएर भिसा दिएको छ।
लामिछानेलाई मङ्गलवार बिहान भिसा दिन अस्वीकार गरेको राजदूतावासले सामाजिक सञ्जालमा यस विषयमा प्रश्न उठेपछि दिउँसो बोलाएको थियो।
लामिछानेले भिसाको समस्या 'हल भएको' भन्दै अमेरिकी राजदूतावासलाई धन्यवाद दिँदै दिउँसो २:२३ बजे ट्वीट गरेका छन्।
बिहान लामिछानेले ट्विटरमा वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

उन्नाइस वर्षीय नेपाली स्पिनर लामिछानेले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका व्यावसायिक लीगमा खेलिसकेका छन्।
यो वर्ष दोस्रो पटक क्यारेबियन लीग खेल्न निम्त्याउने क्रममा बार्बेडस ट्राइडन्ट्स् क्लबले लामिछानेलाई झन्डै ७८ लाख रुपैयाँ तिर्ने कबोल गरेको छ।
अस्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका थिए।
उनले ट्विटरमा लेखेका थिए, "राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भिसा अस्वीकार गरिँदा म ठूलो आश्चर्यमा परेको छु।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

लगत्तै अर्को ट्वीटमा उनले भिसा अस्वीकार गरिएको जानकारी पाउँदा आफू नि:शब्द भएको उल्लेख गरेका थिए।
उनले सबै कागजपत्रहरू प्रस्तुत गर्दा पनि प्रवेशाज्ञाको आवेदन अस्वीकार गरिएकाले आफूलाई क्यारेबियन लीगमा बार्बेडस ट्राइडन्ट्सका लागि खेल्न गाह्रो हुने उल्लेख गरेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3

ट्विटरको उनको पोस्टमा प्रतिक्रिया लेख्दै कतिपयले कहिलेकाहीँ यस्तो हुने भन्दै सहानुभूति व्यक्त गरेका थिए।
केहीले अमेरिकी दूतावासको निर्णयले आफूलाई दु:ख लागेको र यो विषय चाँडै समाधान हुने अपेक्षा गरेको लेखेका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4

केहीले भने क्यारेबियन लीग खेल्न जान किन अमेरिकाको भिसा चाहियो भनेर प्रश्न गरेका थिए।
एक जनाले सन्दीप लामिछानेले यो विषयमा लेखेको ट्वीटमा प्रधानमन्त्रीलाई जोड्न आवश्यक नभएको औँल्याउँदै आफूसँग विशेष व्यवहारको अपेक्षा नराख्न सुझाव दिएका थिए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5

ट्रान्जिट
लामिछानेसँग व्यक्तिगत रूपमा पनि नजिक मानिने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रबन्धक रमन शिवाकोटीका अनुसार लामिछाने सेप्टेम्बरको पहिलो साता अमेरिका हुँदै क्यारेबियन जाने तयारीमा छन्।

तस्बिर स्रोत, Twitter/Sandeep Lamichhane
उनले भने, "नेपालबाट वेस्ट इन्डीज सीधा जान सम्भव छैन। या त संयुक्त अधिराज्य या अमेरिका हुँदै जानुपर्छ।"
"वेस्ट इन्डीजमा पनि विभिन्न टापुहरूमा खेल हुने भएकाले कहिलेकाहीँ अमेरिका प्रवेश गरेर त्यहाँबाट अर्को उडान भरेर मात्र प्रतियोगितास्थलमा पुग्न सकिन्छ।"
"त्यसबाहेक यसपालि क्यारेबियन लीगका दोस्रो चरणका खेलहरू अमेरिकाको फ्लोरिडामा हुने पनि कुरा छ। त्यही भएर अमेरिकी भिसाका लागि आवेदन दिएका थियौँ।"
तर अमेरिकी भूमिमा अहिलेसम्म क्यारेबियन प्रीमीअर लीगका खेल हुने वा नहुने भन्ने चाहिँ निर्णय भइसकेको छैन।
लामिछानेको टोली बार्बेडस ट्राइडन्ट्स सन् २०१४ को क्यारेबियन लीगको विजेता टोली हो।
उक्त टोली वेस्ट इन्डीजको राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व गरिरहेका जेसन होल्डरको नेतृत्वमा खेल्छ।








