अस्ट्रेलिया क्रिकेट मैदानमा सन्दीप लामिछाने: तीन खेलमा लिए तीन कप्तानको विकेट

सन्दीप अन्य खेलाडीसँग

तस्बिर स्रोत, Sandeep Lamichhane/twitter

पढ्ने समय: १ मिनेट

नेपाली बलर सन्दीप लामिछानेले आफ्नो टीमको तेस्रो खेलमा दुई विकेट लिएर अस्ट्रेलियाको क्रिकेट मैदानमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन्।

सन्दीपले बिहीवार भएको खेलमा दुई विकेट लिँदा सिड्नी सिक्सर्सका कप्तान मोजेज एन्‌रिक्सलाई एलबीडब्ल्यूको धरापमा पारेका थिए।

विश्वभरि प्रतिष्ठित मानिने बिग ब्याश लिगमा यी १८ वर्षीय नेपाली खेलाडी मेल्बर्न स्टार्सबाट खेलिरहेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

सिड्नी सिक्सर्सविरुद्धको खेलमा उनले चार ओभरमा १८ रन दिँदै दुई विकेट लिएका हुन्।

उनको खेलबाट उत्साहित भएका नेपाली दर्शकहरूले सिड्नीस्थित क्रिकेट मैदानमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै हर्षोल्लास गरेका थिए।

सानै उमेरमा सफलता

यसअघि सिड्नी थन्डरका कप्तान शेन वाट्सन पनि सन्दीपको बलमै आउट हुन पुगेका थिए।

त्यो सन्दीप र उनको टीमको लीगमा पहिलो खेल थियो।

वाट्सनले अस्ट्रेलियाली क्रिकेटमा डेब्यु गर्दा सन्दीप दुई वर्षका मात्रै भएको भनी विदेशी सञ्चारमाध्यमले टिप्पणी गरेका छन्।

दोस्रो खेल होबार्ट हरिकनविरुद्ध थियो।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

उक्त खेलमा मेल्बर्न स्टार्सले लिएको कुल चार विकेटमध्ये तीनवटा सन्दीपले आफ्नो खातामा पारेका थिए।

सन्दीपले त्यसमा पनि कप्तान म्याथ्यु स्कट वेडको विकेट लिएका हुन्।

विश्वप्रसिद्ध लीगमा सन्दीप लामिछाने

तर अघिल्ला दुई खेलमा सन्दीपको राम्रो प्रदर्शन भए पनि दुवै खेलमा उनको टोली पराजित भएको थियो।

पछिल्लो खेल भने सन्दीपको टोलीले जितेको छ।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

सन्दीपले विश्व ११ र विश्वका चर्चित लीगहरू क्यारेबियन, आईपीएल र अफगान प्रिमियरमा सहभागिता जनाइसकेका छन्।

अब उनी बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेल्न जानेछन्।

त्यसलगत्तै भारतमा हुने आईपीएलमा पनि उनी सहभागी हुनेछन् जहाँ अघिल्लो वर्ष उनले अन्तिम खेलहरूमा मौका पाउँदा चर्चा बटुलेका थिए।