कश्मीर तनाव: कश्मीरको विषयमा बोल्ने कि नबोल्ने कुरामा सामाजिक सञ्जालमा नेपाली धारणा विभाजित

तस्बिर स्रोत, Reuters
भारत सरकारले जम्मू-कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेसँगै त्यसका विभिन्न पाटाबारे नेपालको सामाजिक सञ्जालमा चर्चा चुलिँदै गएको छ।
सत्तारुढ दलका नेतादेखि राजनीतिक विश्लेषक र नागरिक समाजका अगुवाहरूले उक्त विषयका विभिन्न आयामलाई सामाजिक सञ्जालमा केलाएका छन्।
कतिपयले छिमेकी राष्ट्रमा भएको राजनीतिक गतिविधिबाट नेपाल टाढै बस्न उचित हुने भन्ने तर्क गरेका छन् भने अन्य केहीले उक्त विषयमा नेपालले आफ्नो धारणा प्रस्ट पार्नुपर्ने तर्क गरेका छन्।
भेनेजुएला प्रकरणमा नेपालको परराष्ट्र मन्त्रालय बोलेको तर आफ्नो छिमेकमै भएको महत्त्वपूर्ण घटनाक्रममा समेत सरकार वा सत्तरूढ दलकातर्फबाट कुनै पनि किसिमको धारणा नआउनुलाई कतिपयले भने स्वभाविक रूपमा लिएको देखिँदैन।
नेपाललाई असर पार्ने विषयमा किन सरकार मौन छ भन्ने आशय रहेको ट्विट गर्दै लेखक खगेन्द्र संग्रौलाले कौतूहलता देखाएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
नागरिक दैनिकका पूर्व प्रधान सम्पादक किशोर नेपालले भने कश्मीरबारे बौद्धिक समाज किन अलमलिएको छ भन्दै प्रश्न तेर्साएका छन्।
त्यसको प्रतिउत्तरमा पूर्व राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकारसमेत रहिसकेका वरिष्ठ पत्रकार राजेन्द्र दाहालले बौद्धिक समाजका प्रतिनिधिबाटै यस्तो किसिमको प्रतिक्रिया आउनुले अलमल भएको प्रस्ट देखिएको उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
यसै विषयमा लेखक जैनेन्द्र जीवनले पनि लेखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
राजनीतिशास्त्री हरि शर्माले भारत विस्तारै धर्म निरपेक्षताबाट पछि हट्दै जाने भन्दै ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 4
परराष्ट्र मामिला जानकार निश्चलनाथ पाण्डेले भने नेपालका तर्फबाट हालसम्म एक जना प्रधानमन्त्रीले मात्र कश्मीर मामिलामा आधिकारिक रूपमा प्रतिक्रिया जनाएको उल्लेख गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 5
केही महिना अघि भेनेजुएलामा देखिएको राजनीतिक सङ्कटका बेला सत्ताको बागडोर सम्हालेको नेपाल कम्यूनिस्ट पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य जारी गर्दै "भेनेजुएलाको सार्वभौमिकता र प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित राष्ट्रपति निकोलस मदुरो" को समर्थन जनाएपछि त्यसले एक किसिमको तरङ्ग पैदा गरिदिएको थियो।
पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भनाइमा प्रचण्ड 'चिप्लिएको' भन्दै अप्रत्यक्ष रूपमा कूटनीतिक गल्ती भएको स्वीकार गरेका थिए।
विवाद चुलिँदै गएको अवस्थामा सरकारका प्रवक्ताले दुई अध्यक्षका टिप्पणीबारे कुरा गर्दै उक्त विषयमा पार्टी र सरकारको धारणा एकै भए पनि प्रतिक्रिया भने फरक हुनसक्ने बताएका थिए।
नेपाल कम्यूनिस्ट पार्टीका एक जना प्रभावशाली मानिने नेता भीम रावलले ट्वीट गर्दै छिमेकी राष्ट्रहरूले आफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउँदै गएको अवस्थामा नेपाल आफ्नो स्वार्थ रक्षा गर्नका लागि बलियो गरी उभिनुपर्ने धारणा राखेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 6
नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी बिनोज बस्न्यातले पनि भारतसँग खुला सिमाना रहेकोले नेपालको सुरक्षा चासो थपिएको बताउँदै सुरक्षा निकायहरू चनाखो रहनुपर्ने बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 7
संविधानविद् विपिन अधिकारीको भनाइ पनि त्यस्तै देखिन्छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 8
कश्मीरका विषयमा नेपालीहरूले गरेका केही ट्रविटहरू:
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 9

X पोस्ट समाप्त, 10