अवकाशको उमेरमा कमाइ शुरू गरेका हजुरआमाहरू

धेरैको सोचाइ छ ६० वर्ष पार गरेपछि कामबाट अवकाश लिनुपर्छ र आरामदायी जीवन बिताउनुपर्छ।

तर त्यो मान्यतालाई चुनौती दिँदै ७० पार गरेका केही हजुरआमाहरूले कमाइ गर्न थालेका छन्।

यी हजुरआमाहरू घरैमा बसेर बच्चाका कपडा, ढाकाका रूमाल, मोजा र टोपी जस्ता सामग्रीहरू बनाउँछन्।

ती साामाहरू बिक्री गर्न जान नपर्दा उनीहरूलाई थप प्रोत्साहन मिलेको छ।

'अजिज प्रोडक्ट' अनलाइनले उनीहरूको समान घरैमा सङ्कलन गरि बिक्री गर्छ र पैसा समेत पुर्‍याउन आउँछ।

हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ -

अनि यो पनि: