तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
८३ वर्षमा पहिलो कमाइ
काठमाण्डूको गणबहालमा आफ्ना छोरा र बुहारीसँग बस्ने ८३ वर्षीया दिलहिरा तुलाधरलाई कमाउनु पर्ने आवश्यकता छैन।
तर ढाकाको रूमाल बनाउन जानेको सीप प्रयोग गरेर उनले जीवनमै पहिलो पटक कमाउन थालेकी छन्।
आठ वर्षको उमेरमा विवाह भएको उनलाई आफूले कमाइ गर्नुपर्छ भनेर कहिल्यै लागेन।
तर अहिले उनको विचार परिवर्तन भएको छ।
एक अनलाइनले उनको सामान बेच्छ र उनलाई समय कटाउन सजिलो भएको छ।
आफूले कमाएको पैसा भने उनी दु:ख पाएका बच्चाहरूको पढाइ र आर्थिक स्थिति कमजोर भएका मानिसहरूका लागि खर्च गर्छिन्।
हेर्नुस् सृजना श्रेष्ठले बनाएको भिडिओ।