तीन दशकअघि चीन सरकारले बेइजिङमा विरोधप्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि रक्तपातपूर्ण दमन गर्यो। सो घटनाको नालीबेली
सन् १९८९ को विद्यार्थी आन्दोलनको झलक
हु याओबाङको मृत्यु
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
सीपीसीका ७३ वर्षीय भूतपूर्व महासचिव हु याओबाङको मुटुरोगका कारण निधन हुन्छ। थुप्रै कलेजका विद्यार्थीहरू शोक व्यक्त गर्न र चीनमा सुधारको सुस्त गतिप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न तियानआन्मेन स्क्वाएरमा भेला हुन थाल्छन्।
हु याओबाङलाई पार्टीभित्र सुधारवादीका रूपमा चिनिन्थ्यो र उनलाई उदारवादी बुद्धिजीवी र विद्यार्थीहरूले रुचाउने गर्थे। उनलाई सन् १९८७ मा राजीनामा दिन बाध्य बनाइएको थियो।
विरोध प्रदर्शनको विस्तार
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
एप्रिल १७ मा बेइजिङमा भेला भइरहेका प्रदर्शनकारीहरूको सङ्ख्या हजारौँ पुग्छ। पिकिङ विश्वविद्यालय र रेन्मिन विश्वविद्यालयका विद्यार्थीहरू ग्रेट हल अफ द पीपलअगाडि धर्ना बस्छन्। तिनीहरू हु याओबाङबारे पुन:समीक्षा गर्न र प्रजातान्त्रिक सुधारको गतिलाई तीव्रता दिनका लागि सरकारसमक्ष निवेदन दर्ता गर्न चाहन्छन्। विरोधप्रदर्शनहरू बिस्तारै देशका अन्य सहरमा पनि फैलिन्छन्।
१९ तारिखको दिन केन्द्रीय सरकारी मुख्यालयको मुख्य प्रवेशद्वारअगाडि धर्ना दिने कार्यक्रम आयोजना गरिन्छ।
हुको स्मृतिसभा
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
बेइजिङले हु याओबाङको राजकीय अन्तिम संस्कार गर्छ। विद्यार्थीहरूले तियानआन्मेन स्क्वाएरमा रहेको छेकबार भत्काइदिन्छन्। तिनीहरू आफ्नो निवेदन दर्ता गर्न चाहन्छन् र तत्कालीन प्रधानमन्त्री ली पेङसँग भेट गर्न चाहन्छन् तर तिनीहरूको माग अस्वीकृत हुन्छ। शिआन र चाङ्शामा भएका ठूला विरोध प्रदर्शनहरू पनि दङ्गामा परिणत हुन्छन्।
विद्यार्थी युनियनको स्थापना
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
बेइजिङमा रहेका २० वटाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले अस्थायी विद्यार्थी युनियनको स्थापना गर्न थाल्ने बताउँछन् र सरकारले थालेको समाचारमाथिको नियन्त्रण विरुद्ध अनिश्चितकालीन हडलको घोषणा गर्छन्।
कडा सम्पादकीय
तस्बिरहरूको प्रतिलिपि अधिकार पीपल्स डेली
सरकारी समाचारपत्र 'पीपल्स डेली'ले ""भद्रगोलविरुद्ध स्पष्ट अडानको आवश्यकता"" शीर्षकमा सम्पादकीय प्रकाशित गर्दछ। र त्यसमा "" निहित स्वार्थ भएका थोरै मानिस"" लाई आरोप लगाउँदै तिनले विद्यार्थीहरूको प्रयोग गरी भद्रगोल मच्चाउन खोजेको दाबी गरिएको हुन्छ। त्यसले औपचारिक रूपमा नै विद्यार्थी आन्दोलनलाई भद्रगोल र नियोजित षड्यन्त्रका रूपमा प्रस्तुत गर्छ।
त्यो सम्पादकीयले प्रदर्शनकारीलाई आक्रोशित तुल्याउँछ र झन् बढी मानिसहरू विरोधप्रदर्शनमा सहभागी हुन्छन्।
विद्यार्थीहरूद्वारा वार्ताको माग
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
त्यस्तो सम्पादकीय प्रकाशित भएको भोलिपल्ट विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू सडकमा ओर्लन्छन्। अस्थायी विद्यार्थी युनियनहरूको पुनर्संरचना हुन्छ र त्यसलाई वुअरकाइशीको नेतृत्वमा बेइजिङ स्वायत्त विद्यार्थी महासङ्घको नाम दिइन्छ।
उक्त नयाँ विद्यार्थी युनियनले ""तीनवटा माग"" र ""सात वार्ता"" को प्रस्ताव गर्दै उक्त युनियनलाई खुला रूपमा वैध संस्थाको मान्यता प्रदान गर्न र ""एप्रिल २६ को सम्पादकीयलाई पूर्ण रूपमा फिर्ता लिन"" अधिकारीहरूसमक्ष माग गर्छ।
युआन मु, स्टेट काउन्सिलका तत्कालीन प्रवक्ता, र अन्य केही सरकारी अधिकारीहरूले बेइजिङका १६ विश्वविद्यालयका ४५ विद्यार्थीसँग खुला वार्ता गर्छन् तर युनियन नेताहरू वाङ डान र वुअरकाइशीले आफूले त्यसलाई स्वीकार नगर्ने घोषणा गर्छन्।
महासचिवको मेलमिलापपूर्ण सम्बोधन
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
मे ४ आन्दोलनको ७० औँ वार्षिकीअघि थप विद्यार्थीहरू प्रदर्शनमा सहभागी हुन्छन्। सीपीसीका तत्कालीन महासचिव तथा उदारपन्थी सुधारवादीका रूपमा परिचित झाओ झियाङले विद्यार्थीहरूसँगको वार्तामा जोड दिन्छन्। उनले विद्यार्थीहरूप्रति सहानुभूति व्यक्त गर्दै दुईवटा भाषण गर्छन्। भ्रष्टाचारविरुद्ध विद्यार्थीहरूले ध्यान दिनु ""युक्तिसङ्गत"" रहेको उनको भनाइ रहन्छ।
कलेजका विद्यार्थीहरूले ""नयाँ मे ४ घोषणापत्र"" जारी गर्ने भन्दै तियानआन्मेन स्क्वाएरतर्फ जुलुस निकाल्छन् र प्रजातन्त्रको अभ्यासको माग गर्छन्।
बेइजिङबाहेक शाङ्घाइ, नान्जिङ र ग्वाङ्झाउका विद्यार्थीहरू पनि सडकमा ओर्लन्छन् र विद्यार्थीहरूसँग वार्ता गर्न सरकारलाई आह्वान गर्छन्।
भोक हड्ताल
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
अवस्थामा केही खुकुलोपन देखिएपनि केही प्रभावशाली विद्यार्थी नेताहरूले विरोध प्रदर्शनहरूलाई जारी राख्दै थप कडा कदम चाल्न आह्वान गर्दछन्।
विद्यार्थी नेता चाइ लिंगको नेतृत्वमा सयौँ विद्यार्थीहरूले सोभियत नेता मिखाइल गोर्बाचोफको चीन भ्रमणभन्दा दुई दिनअघि तियानआनमेन स्क्वाएरमा अनिश्चितकालिन भोक हड्ताल आरम्भ गर्दछन्।
लज्जास्पद भ्रमण
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
सिनो-सोभियत विभाजनपछि मिखाइल गोर्बाचोफ पहिलो पटक शिखरवार्ताका लागि बेइजिङ आउँदै थिए। उनको भ्रमणको उद्देश्य दुई देशबीच तीन दशकदेखि रहेको शत्रुता अन्त्य गर्नु थियो। तर तियानआनमेन स्क्वाएर विद्यार्थीहरूको कब्जामा भएकाले सरकारले उनलाई बेइजिङ विमानस्थलमा स्वागत गर्यो। शक्तिमा भएकाहरूलाई यो लज्जास्पद विषय बन्यो।
बैठकपछि झाओ झियाङले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई चीनका सबै महत्त्वपूर्ण विषय [दङ शिआओपिङको] नेतृत्वमा हुनुपर्ने भन्दै अवकाशपछि पनि दङको पार्टीमा प्रभाव कायम रहेको पुष्टि गरेका थिए।
विद्यार्थी नेतासँग प्रधानमन्त्रीको वार्ता
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
कट्टरपन्थी मानिने तत्कालीन प्रधानमन्त्री ली पेङले वाङ दान, वुएरकाइशी र अन्य विद्यार्थी प्रतिनिधिलाई ग्रेट हल अफ द पीपलमा मे १८ मा भेटे। लीले तत्कालै आमरण अनशन भङ्ग गर्न र स्क्वाएर खाली गर्न भने। तर विद्यार्थीहरूले सरकारलाई पीपल्स डेलीको सम्पादकीय सच्याउन र उनीहरूको आन्दोलनलाई ‘प्रजातान्त्रिक राष्ट्रवादी अभियान’ मान्न आग्रह गरे। दुवै पक्ष सहमतिमा पुग्न सकेनन्।
झाओ झियाङ र विद्यार्थीको भेट
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
झाओ झियाङले विद्यार्थीहरूलाई पार्टी तथा सरकारले प्रतिशोध नलिने वचन दिँदै मे १७ मा आमरण अनशन त्याग्न आग्रह गरेका थिए। तर विद्यार्थीले त्यो स्वीकारेनन्।
प्रदर्शन चर्किँदै जाँदा झाओ झियाङले तियानआनमेन स्क्वाएरमा गएर भेटे र फेरि अनशन भङ्ग गर्न आग्रह गरे। उनीसँग वेन जियाबाओ पनि थिए। वेन पछि प्रधानमन्त्री बनेका थिए। "हामी यहाँ छौँ, तर धेरै ढिलो भइसक्यो," झाओ झियाङले भिडलाई भने।
झाओ त्यहाँ अन्तिम पटक सार्वजनिक रूपमा देखा परेका थिए।
फौजको आगमन
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
बेइजिङका अधिकारीहरूले सैन्य कानुन लागु गरे तथा ठूलो सङ्ख्यामा फौज खटाए। तर ट्याङ्कहरूलाई धेरै मानिसहरूले घेरेर राखे अनि बाटोमा अवरोधहरू राखियो।
तनाव चर्कियो
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
त्यसपछिको हप्तामा प्रदर्शन झन् चर्कियो। विद्यार्थीमाझ स्क्वाएर कब्जा गरिराख्ने कि छोड्ने भन्ने विषयमा सहमति हुन सकेन।
प्रदर्शनकारीलाई त्यहाँबाट हटाउने र राजधानीबाट अशान्ति अन्त्य गर्ने उद्देश्यले सरकारी पक्षले सैन्य कारबाही गर्ने विचार गर्यो।
"भोक हडताल घोषणापत्र "
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
बेइजिङ नर्मल युनिभर्सिटीका लेक्चरर लिउ शियाबो, ताइवानका चर्चित गायक हू तेइ-चिएन र अन्य दुई चर्चित हस्तीले विद्यार्थीहरूको समर्थनमा तियानआनमेन स्क्वाएरमा भोक हडताल सुरु गरे। जुन २ मा उनीहरूले "जुन २ भोक हडताल घोषणापत्र" जारी गर्दै आफूहरू ७२ घण्टा अनशनमा बस्ने उद्घोष गरे।
कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूले ‘प्रतिक्रान्तिकारी दङ्गा’लाई बल प्रयोग गरेर अन्त्य गर्ने निर्णय सदर गरे।
रक्तपात भएको रात
ट्याङ्क र बख्तरबन्द गाडीसहित ठूलो सङ्ख्यामा खटिएका जनमुक्ति सेनाका सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई हटाउन थाले।
केही सैनिकले गोली प्रहार गर्दा कैयौँ निश्शस्त्र नागरिकको मृत्यु भयो र कैयौँ घाइते भए। केही सैनिकहरू पनि प्रदर्शनकारीको आक्रमणमा परे।
क्रोध र क्षोभ
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
राति रक्तपात भएपछि तियानआनमेन स्क्वाएर सफा गरियो। दिनभरि बीचबीचमा गोली चलेको आवाज बेइजिङमा सुनियो। आजको दिनसम्म त्यसबेला कति मानिसको मृत्यु भयो भन्ने थाहा भएको छैन। चीन सरकारले सम्बन्धित अभिलेख अहिलेसम्म प्रकाशित गरेको छैन।
चीनका विभिन्न सहर तथा हङ्कङ र मकाऊमा पनि ऐक्यबद्धता प्रकट गर्न ठूला प्रदर्शनहरू आयोजित भए।
बहिर्गमन
तस्बिरहरूको प्रतिलिपि अधिकार Getty Images
चीन सरकारले २१ जना विद्यार्थी नेतालाई खोजी भएका व्यक्तिको सूचीमा राख्यो। धेरै विद्यार्थी नेताहरू निर्वासनमा गए। त्यसका लागि हङ्कङबाट ‘अपरेशन एलो बर्ड’ नामक विशेष अभियान चलाइएको थियो।