तियानआन्मेन नरसंहार: ३० वर्षअघि चीनमा के भएको थियो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तियानआन्मेन नरसंहार

तीन दशकअघि चीन सरकारले बेइजिङमा विरोधप्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि रक्तपातपूर्ण दमन गर्‍यो।

राजनीतिक सुधारको मागसहित तियानआन्मेन स्क्वाएरमा भेला भएका प्रदर्शनकारीमाथि सेनाले ट्याङ्क गुडायो।

पहिला गोप्य राखिएका तर सन् २०१७ मा सार्वजनिक केही अभिलेखका अनुसार सो घटनामा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको हुन सक्छ। तर मृत्यु हुने व्यक्तिको सङ्ख्या भने आजसम्म पनि स्पष्ट भएको छैन।

चीनमा शासन गर्ने कम्युनिस्ट पार्टीले सो घटनाको उल्लेख गर्न पनि निषेध गर्ने गरेको छ।

सो घटनाको सम्झनामा आयोजना हुने कार्यक्रममा पनि दमन हुने गरेको छ।

सन् १९८९ को जुन महिनामा चीनको राजधानीमा के भएको थियो त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि