विपक्षी विजयी भएको टर्कीको इस्तानबुलमा पुन: निर्वाचनको मिति घोषणा

तस्बिर स्रोत, EPA
टर्कीको निर्वाचन आयोगले अनपेक्षितरूपमा विपक्षी दलले जितेको इस्तानबुलको स्थानीय निर्वाचन दोहर्याउन आदेश दिएको छ।
सत्तारुढ एके दलले प्रतिपक्षी दलले झीनो मतले जितेको निर्वाचनमा अनियमितता र भ्रष्ट्राचार भनेको थियो।
निर्वाचन जितेको सीएचपीका उपाध्यक्षले यो निर्णयले 'एके दलविरुद्धको विजय गैरकानुनी हुने' देखाएको बताएका छन्।
उनले त्यहाँ फेरि मतदान गराउने आयोगको निर्णयलाई कपटपूर्ण भन्दै त्यसको निन्दा गरेका छन्।
आयोगले जुन २३ तारिखमा फेरि मतदान गराउने निर्णय गरेको जनाएका छन्।
गत मार्च महिनामा भएको चुनावमा विपक्षी दलका नेता यक्रिम एमामोलुले राष्ट्रपति रेजेय ताय्यिप एर्दोआनको पार्टीका उम्मेदवार पूर्व प्रधानमन्त्री बिनाली यिल्दिरिमलाई परास्त गरेका थिए।
सङ्घर्ष जारी
निर्वाचन आयोगले कपटी निर्णय गरेको भन्दै एमामोलुले सङ्घर्ष जारी राख्ने बताएका छन्।
"हामी हाम्रो सिद्धान्तमा कहिल्यै सम्झौता गर्ने छैनौं," सामाजिक सञ्जालमा प्रसारित एउटा भाषणमा एमामोलुले भनेका छन्।
"यो देशमा आठ करोड २० लाख देशभक्त छन् जसले अन्तिम समयसम्म प्रजातन्त्रका लागि लड्नेछन्।"
राष्ट्रपति एर्दोआनले इस्तानबुलको हारलाई स्वीकार गरेका थिएनन्।
पुन: मतदान
राष्ट्रपति एर्दोआनले 'जसले इस्तानबुलमा शासन गर्छ, उसैले देश हाँक्छ' भन्ने गरेका थिए।
उनी टर्कीको आर्थिक केन्द्र इस्तानबुलमा फेरि आफ्नो पकड राख्न दृष्ढ छन्।
स्थानीय निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै राष्ट्रपति एर्दोआनको पार्टीले पुन मतदानको माग गर्दै आएको थियो।

तस्बिर स्रोत, Reuters
सहजै स्थापित
गत वर्ष ३० प्रतिशतभन्दा बढि अवमुल्यन भएको टर्कीको मुद्रा लिरालाको मुल्य फेरी गिरवाट आएको छ। र आर्थिक मन्दीले थला परेको अर्थतन्त्रले थप अनिश्चितताको सामना गर्न कठिन हुनेछ।
एर्दोआन इस्तानबुलमा पराजित हुनुको पहिलो कारण आर्थिक समस्या नै थियो।
अझ गत महिना औपचारिक रुपमा मेयर नियुक्त भएका एमामोलुले लोकप्रिय बन्दै छन् र आफ्नो भूमिकामा सहजै स्थापित भइरहेका छन्।
अनियमिता नभएको अवस्थामा पुन: मतदान भए एमामोलु फराकिलो अन्तरले विजयी हुनसक्छन् उनका समर्थकरुलाईको भनाइ छ।
स्थानीय चुनावमा राजधानी अङ्कारासँगै इस्तानबुलमा पनि पकड गुमाउनुलाई राष्ट्रपति एर्दोआनप्रतिको विकर्षणको रूपमा हेरिएको थियो।








