तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थाईल्यान्ड: सत्तरी वर्षपछि हुने राज्याभिषेक समारोह तीन दिनसम्म
थाईल्यान्डले राजा महा वाचिरालङ्कनको तीनदिन लामो राज्याभिषेक समारोह शुरु गरेको छ।
थाईल्यान्डमा लामो समय राज्य गरेका पूमिपोन अदून्यदेतको सन् २०१६ मा निधन भएपछि उनका उत्तराधिकारीका रूपमा महा वाचिरालङ्कनको काँधमा उक्त जिम्मेदारी आएको हो।
महा वाचिरालङ्कनले केही दिनअघि आफ्नी लामो समयदेखिकी प्रेमिकासँग बिहे गरेको र उनी नै अब रानी सुटिडा वाचिरालङ्कन हुने आकस्मिक घोषणा थाई राजदरबारले गरेको थियो।
थाईल्यान्डमा संवैधानिक राजतन्त्र छ। राजपरिवारलाई थाइहरूले निकै श्रद्धा गर्छन् र उनीहरूसँग शक्ति पनि छ।
आलोचना मनाही
थाईल्यान्डमा कडा कानूनहरू पनि छन् जसले राजपरिवारको आलोचना गर्न मनाही गरेको छ।
राज्याभिषेक राजनीतिक अनिश्चितताका बेला हुन लागेको छ।
सन् २०१४ मा सैन्य कू पछि पहिलो पटक गत २४ मार्चमा आम निर्वाचन भएको थियो। तर नयाँ सरकार घोषणा भइसकेको छैन।
कैयौं थाईहरू इतिहासको साक्षी बन्न तीव्र प्रतीक्षामा छन्। सत्तरी वर्षपछि त्यहाँ राज्याभिषेक हुन लागेको छ।