तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रोबर्ट म्युलरको प्रतिवेदन सार्वजनिक, 'रुससँग ट्रम्पको अभियानको साठगाँठको प्रमाण भेटिएन'
अमेरिकाका महान्यायाधिवक्ताले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी साठगाँठ भएको भन्नेबारे विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले त्यसमा कुनै अमेरिकी वा ट्रम्प अभियानका कोहीले पनि षडयन्त्र गरेको वा मिलेमतो गरेको कुनै प्रमाण फेला नपारेको बताएका छन्।
म्युलर प्रतिवेदन सार्वजनिक गर्नु अघि महान्यायाधिवक्ता विलियम बारले केही बेर अगाडि एक पत्रकार सम्मेलन गरेका थिए।
उनले भने, "विशेष अनुसन्धानकर्ताले रुसी साठगाँठमा ट्रम्पको चुनावी अभियानमा जोडीएका कसैसँग मिलेर अमेरिकी कानून तोड्ने कुनै षडयन्त्र भएको प्रमाण फेला पारेनन्।"
बारले उक्त चुनावमा डेमोक्र्याटिक पार्टी तर्फकी प्रत्याशी हिलरी क्लिन्टनका इमेल विकिलिक्स वेबसाइटमा प्रकाशन गर्नुमा ट्रम्प अभियानका कसैको पनि गैरकानुनी भूमिका भएको प्रमाण नभएको बताए।
ट्रम्पको आरोपबारे बारले के भने?
ट्रम्पले राष्ट्रपति पदमा भएको आफ्नो जितलाई अवमूल्यन गर्न विपक्षीले षड्यन्त्र गरेको र त्यसै क्रममा यो अनुसन्धान थालिएको बताएपनि मामिला त्यस्तो नभएको बारले बताए।
विलियम बारले पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पको चुनावी अभियान र रुसबीच कुनै साठगाँठ भएको नपाइएकोमा जोड दिए।
ट्रम्पकी प्रतिस्पर्धी हिलरी क्लिन्टन र विकिलिक्स् वेबसाइटले सार्वजनिक गरेका गोप्य इमेलमा समेत त्यसको कुनै प्रमाण नपाइएको उनको भनाइ छ
उनले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय आफ्नै भएको बताए।
प्रतिवेदन अनुसार डोनल्ड ट्रम्पले पनि अनुसन्धानको क्रममा बयान दिने क्रममा पनि आफू कुनै गोप्य भेटघाटहरूमा संलग्न भएको आफूलाई स्मरण नभएको बताएका छन्।