म्युलर प्रतिवेदन: 'डोनल्ड ट्रम्पको निर्वाचन अभियान र रुसबीच साठगाँठ थिएन'

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Reuters

गत राष्ट्रपतीय निर्वाचन अभियानसँग सम्बन्धित विवादबारे छानबिन गरेका अमेरिकी विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले कंग्रेसमा बुझाएको प्रतिवेदनको सारांशमा डोनल्ड ट्रम्पको अभियान र रुसबीच साठगाँठ भएको प्रमाण नभेटिएको उल्लेख गरेका छन्।

तर ट्रम्पले न्याय निरूपणमा अवरोध नगरेको भनेर सो सांराशमा निष्कर्ष निकालिएको छैन।अर्थात् सो आरोपमा उनले सफाइ भने पाएका छैनन्।

उक्त महान्यायाधिवक्ता विलियम बारले अमेरिकी संसद्का लागि सो सारांश तयार पारेका थिए।

दुई वर्षको यस अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्पका थुप्रै पूर्वसहयोगीहरूलाई मुद्दा चलाइयो। केहीलाई जेल पनि पठाइयो।

ट्रम्पको प्रतिक्रिया

प्रतिवेदनबारे ट्रम्पले ट्विटरमा आफूले सफाइ पाएको दाबी गरेका छन्।

उनले पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै भने, "यो लज्जाको विषय हो कि देश यस्तो प्रक्रियामा जानुपर्‍यो। साँच्चै भन्नुपर्दा जसरी तपाईंहरूका राष्ट्रपतिले चुनाव जित्नुअगावै यसरी अगाडि बढ्नुपरेको यो लज्जाको विषय हो।"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

"कसैले गैरकानुनी तरिकाबाट अगाडि बढेको यसको अर्को पार्टो पनि खोजून्। यो मानमर्दनको गैरकानुनी प्रयास थियो, जुन असफल भयो।"

के छ प्रतिवेदनको सारांशमा?

बारले तयार पारेको सारांशपत्रमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसी प्रभावबारे म्युलरले गरेको अनुसन्धानबाट थाहा भएका तथ्यहरूको सारांश छ।

बारको निष्कर्ष छ - विशेष अनुसन्धानकर्ताले कुनै अमेरिकी नागरिक वा ट्रम्प अभियानका अधिकारीले रुसँग मिलेर षड्यन्त्र गरेको वा नियतवश सहकार्य गरेको भेटेनन्।

पत्रको दोस्रो भाग न्याय निरूपणमा अवरोध गरेको आरोपबारे छ।

त्यसमा भनिएको छ विशेष अनुसन्धानकर्ताको प्रतिवेदनमा "अन्तत: परम्परागत अभियोजनात्मक निर्णय" दिइएको छैन।

ट्रम्प पुटीन

तस्बिर स्रोत, AFP/GETTY IMAGES

"तसर्थ विशेष अनुसन्धानकर्ताले छानबिन गरिएको आचार अवरोध हो कि हैन भनेर कुनै निष्कर्ष निकालेका छैनन्," पत्रमा भनिएको छ।

यसबाट बारले ट्रम्पले न्यायमा अवरोध पुर्‍याउने अपराध गरेको भन्ने प्रमाणित हुन नसक्ने दाबी गरेका छन्।

कंग्रेसलाई पठाएको पत्रमा बारले प्रतिवेदनका अन्य कुरा पनि सार्वजनिक गर्ने तर केही सामग्री भने सार्वजनिक गर्न नमिल्ने उल्लेख गरेका छन्।

अरूको प्रतिक्रिया के छ?

प्रतिवेदनको सारांशबारे मिश्रित प्रतिक्रिया देखिएको छ।

डेमोक्र्याटिक पार्टीका कंग्रेस सदस्य जेरी न्याड्लरले महान्याधिवक्ताले ट्रम्पले न्यायमा अवरोध गरेको हुन सक्ने सम्भावनालाई खण्डन नगरेको टिप्पणी गरेका छन्।

सोही दलका सिनेटर रिचर्ड ब्लुमेन्थलका अनुसार मुद्दा चलाउनेगरी आपराधिक षड्यन्त्र गरेको प्रमाण नभए पनि ट्रम्पबारे प्रश्नहरू यथावत् रहेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

सभामुख न्यान्सी पलोसी र सिनेटर चक शुमरले संयुक्त विज्ञप्तिमार्फत् 'महान्यायाधिवक्ता बारले सारांशपत्र पठाएर जवाफ दिइरहँदा त्यसले थुप्रै प्रश्न उठाएको' भन्दै पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले प्रतिवेदनले राष्ट्रपतिलाई पूर्णत: सफाइ दिएको दाबी गरेकी छन्।

प्रतिवेदनलाई केहीले सन्देहपूर्ण माने पनि कानुनी प्रक्रिया अगाडि बढाउने काम म्युलरको होइन।

म्युलर

तस्बिर स्रोत, Reuters

महान्यायाधिवक्ताले स्पष्ट आधारहरू नदेखिएको भन्दै न्याय मन्त्रालयसँगको सल्लाहमा अभियोजन प्रक्रिया अगाडि नबढाउने निर्णय गरेका छन्।

अर्को निर्वाचनअघि नै ट्रम्पमाथि महाभियोग लगाउन सकिने अपेक्षा गर्नेहरूका लागि यो निष्कर्ष सुखद छैन।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चरले यसलाई 'ट्रम्पको एउटा राम्रो दिन' भनेका छन्।