के हाम्रो खाद्यप्रणालीले स्वास्थ्य बिगारेको छ

सयौँ मेडिकल र वैज्ञानिक अध्ययनहरूको एउटा प्रतिवेदनले अहिले विश्वको खाद्यप्रणालीले मानवजातिलाई नै हानि गरिरहेको र जलवायु परिवर्तनमा तीव्र योगदान गरिरहेको जनाएको छ।

आजभोलि खाइने उच्च क्यालोरीयुक्त खाना जुन तुलनात्मक रूपमा सस्तोमा पाइन्छ त्यसले मानवको स्वास्थ्यमा हानि गरिरहेको प्रतिवेदनमा उल्लेख छ।

दृष्टिकोण

तीन वर्ष लगाई तयार पारिएको सो प्रतिवेदनमा खाना, पोषण, कृषि र वातावरणप्रति अहिलेको दृष्टिकोण नै दीर्घकालीन नभएको बताइएको छ।

प्रतिवेदनले स्वस्थ, सुलभ र वातावरणमैत्री खाना उपलब्ध गराउन क्रान्तिकारी परिवर्तनको आवश्यकता औँल्याउँदै हरितगृह ग्यासको असर न्यूनीकरणमा ध्यान दिनुपर्ने जनाएको छ।

कम खाना र धेरै खाना दुवैका कारण कुपोषित मानिसहरूको सङ्ख्या बढिरहेको बताउँदै लेखकहरूले युरोपेली खानामा मासु कम गर्न पर्ने सँगै प्रयोगशालामा विकास गर्न सकिने मासु, लेउ वा किटमा आधारित खाद्य पदार्थको आविष्कारको प्रयास गर्न पर्ने सुझाव दिएका छन्।