तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुसामा हुने हेपाटाइटिस पहिलो पटक मान्छेमा
मुसामा हुने हेपाटाइटिस ई विश्वमै पहिलो पटक हंगकंगका एक ५६ वर्षीय पुरुषमा देखिएको छ।
ती व्यक्तिमा हेपाटाइटिस ईको जीवाणु कसरी सर्यो भन्ने कुरा स्पष्ट हुन नसकेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
तर उनको घरबाहिरको फोहोर राख्ने भाँडामा ठूलो सङ्ख्यामा मुसा भेटिएको उनीहरूको भनाइ छ।
मुसामा हुने हेपाटाइटिस ईको जीवाणु मान्छेमा सर्न सक्ने यसअघि कुनै प्रमाण देखिएको थिएन।
प्रत्यारोपण
मान्छेमा हुने हेपाटाइटिस ई सामान्यतया फोहोर खानेपानीबाट सर्ने गर्दछ।
प्रत्यारोपणपश्चात् ती व्यक्तिको कलेजोले असामान्य तरिकाले काम गरेको पाइएपछि जाँच गर्दा मुसामा हुने हेपाटाइटिस ई उनीमा देखिएको हो।
हंगकंग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार थप परीक्षणले ती व्यक्तिमा मान्छेलाई असर पार्ने हेपाटाइटिसको भन्दा 'उच्च असर' पार्ने जीवाणु देखियो।
प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले भनेका छन्, "सङ्क्रमित मुसा खानामा पुगेको हुनसक्ने हाम्रो अनुमान छ।"
सङ्क्रमण
ती व्यक्तिको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ।
मान्छेमा हुने हेपाटाइटिस ईका लक्षणमा जण्डिस र कहिलेकाहीँ थकान, ज्वरो, बान्ता, पेट दुख्ने लगायत पर्छन्।
हेपाटाइटिस ई लागेका अधिकांश मानिस निको हुन सक्छन्। तर रोगप्रतिरोधक क्षमतामा समस्या भएका अथवा गर्भवती महिलाको हकमा यो घातक पनि हुन सक्छ।
जनावरबाट मान्छेमा रोग सर्नु सामान्य हो। नयाँ देखिने ६० प्रतिशतभन्दा धेरै रोगको सङ्क्रमणको स्रोत जनावर नै हुन्।