तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पादरीबाट यौनशोषणमा परेकाप्रति पोपको सहानुभूति
क्याथलिक इसाईहरूको मुख्यालय मानिने भ्याटिकनले अमेरिकोको क्याथलिक गिर्जाघरमा भएका भनिएका हजारौँ बाल यौनशोषणका घटना ढाकछोप गर्ने प्रयासप्रति लज्जाबोध र दु:ख व्यक्त गरेको छ।
पोप फ्रान्सिसले जारी गरेको वक्त्यव्यमा पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै भ्याटिकनले यस्ता भयङ्कर घटनाको शृङ्खलालाई जरैदेखि उखेलेर फाल्न खोजिरहेको उल्लेख छ।
अमेरिकी क्याथलिक बिशपहरूका प्रमुख ड्यानियल डिनार्दोले यौन दुर्व्यवहारका घटनाहरू छानबिन गर्न भ्याटिकन अग्रसर हुनुपर्ने बताएका छन्।
अमेरिकाको पेन्सिल्भेनिया राज्यका वरिष्ठ पादरीहरूले कसरी क्याथलिक गिर्जाघरमा एक हजारभन्दा बढी बालबालिकाहरूको शोषण गरेका थिए भन्ने बृहत् अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि भ्याटिकनले त्यसप्रति लाज र दु:ख व्यक्त गरेको हो।
तीन सयभन्दा बढी पादरीहरूलाई बाल यौनशोषणको आरोप लागेपछि भ्याटिकनले चाहिँ पोप फ्रान्सिस उक्त घटनाका पीडितहरूको पक्षमा रहेको जनाएको छ।
पीडितहरू
अमेरिकी अभियोजनकर्ताहरूले पेन्सिल्भेनिया राज्यमा वर्षौँदेखि यौनदुर्व्यवहार हुँदै गरेको पत्ता लगाएपछि यो विषय बाहिर आएको हो।
अमेरिकी क्याथलिक बिशपहरूको सङ्गठनले पनि भ्याटिकनको नेतृत्वमा तत्काल एउटा अनुसन्धानको आह्वान गरेको छ।
उक्त समूहका प्रमुख कार्डिनल ड्यानिएल डिनार्दोले उक्त प्रकरणलाई एपिस्कोपल नेतृत्वको विफलता भनेका छन्।
अमेरिकामा क्याथलिक गिर्जाघरमा भएको दुर्व्यवहारसम्बन्धी अहिलेसम्मकै ठूलो अनुसन्धान अनुसार पेन्सिल्भेनियाको बृहत् न्यायिक समितिले उक्त राज्यमा विगत ७० वर्षमा तीन सय एक पादरीहरूले बाल यौनदुर्व्यवहार गरेको पत्ता लगाएको हो।
त्यसरी दुर्व्यवहार गर्नेहरू र त्यस्तो अपराध लुकाउनेहरूलाई पनि पछि गिर्जाघरमा बढुवा गरिएको समेत उक्त समितिले पत्ता लगाएको थियो।