थाईल्यान्ड: उद्धारमा खटिएका गोताखोरको मृत्यु

गुफाबाट फर्किँदै गर्दा समन गुनन अचेत भएका थिए

तस्बिर स्रोत, O2MAX TRIATHLON TEAM

तस्बिरको क्याप्शन, गुफाबाट फर्किँदै गर्दा समन गुनान अचेत भएका थिए

उत्तरी थाईल्यान्डको चियाङ राईस्थित एउटा बाढीग्रस्त गुफामा फसेका बालकहरूको समूहको उद्धारमा खटिएका एक गोताखोरको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

समन गुनान नाम भएका ती गोताखोर गुफामा फसेका व्यक्तिहरूलाई सामान पुर्‍याएर फर्किने क्रममा अचेत भएका र त्यसपछि उनलाई बचाउन नसकिएको बताइएको छ।

अठतीस वर्षीय गुनान उनी थाई नौसेनाबाट निवृत्त भएका भए पनि उद्धारकार्यमा संलग्न थिए।

एक अधिकारीले भने, "उनी अक्सिजन पुर्‍याउन गएका थिए। उनलाई फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव हुन गयो।"

उद्धार अभियान

उनको स्थानीय समय अनुसार राति दुई बजे निधन भएको बताइएको छ।

उपकरण लिएर गुफामा जाँदै थाई सैनिकहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अनुभवी गोताखोरका लागि पनि गुफा जोखिमपूर्ण छ

गुनान एकदमै राम्रो धावक र साइकल चालक भएको बताइएको छ।

उनी करिब दुई साताअघि थालिएको उद्धार अभियानका सक्रिय सदस्य थिए।

किशोरहरू र उनीहरूका प्रशिक्षकको उद्धार प्रयासमा नौसेनाका गोताखोर, सैनिक र गैरसैनिक व्यक्तिहरूसहित करिब एक हजार जना खटिएका छन्।

गुफा उद्धार

एघारदेखि १६ वर्ष उमेरका ती बालकहरू आफ्ना प्रशिक्षकसँग जुन २३ मा सो गुफाभित्र छिरेका थिए।

वर्षाको भेलले गुफाको बाटो बन्द भएपछि उनीहरू झन् भित्र गएका र सम्पर्कविहीन बनेका अनुमान गरिएको छ।

गत सोमवार राति दुई ब्रिटिश गोताखोरले सो समूहलाई गुफाको प्रवेशद्वारबाट चार किलोमिटरभित्र नौ दिनपछि जीवितै फेला पारे।

गुफाको प्रवेशद्वारबाट सो बालकहरूको समूह बसेको स्थानसम्म पुग्न छ घण्टा र फर्किन पाँच घण्टा लाग्छ।

गुफा सञ्जाल र उद्धारमार्ग

अधिकारीहरूका अनुसार पम्प प्रयोग गरेर गुफाबाट बिहीवारसम्म झन्डै १३ करोड लिटर पानी बाहिर फ्याँकिएको थियो।

वर्षायामदेखि सेप्टेम्बर वा अक्टोबरसम्मै गुफाहरूको त्यो सञ्जाल बाढीले प्रभावित हुने गरेको बताइन्छ।

गुफा उद्धारका जोखिमहरू

थाई र विदेशी गोताखोरहरूले सो समूहलाई आवश्यक पर्ने खाद्यान्न, औषधि र अक्सिन पुर्‍याइदिने गरेका छन्।

तर गुफाभित्रको हावामा अक्सिजनको मात्रा २१ प्रतिशतबाट १५ प्रतिशतमा झरेकाले चिन्ता व्यक्त गरिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुफामा बालकहरू 'स्वस्थ'