तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मलेशिया: महाथिर मोहमद फर्किए सत्तामा
मलेसियामा १५ वर्षपछि महाथिर मोहम्मद पुन: प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। उनले शपथ ग्रहण पनि गरेका छन्।
निर्वाचनमा आश्चर्यजनक जित हासिल गर्दै ९२ वर्षिय महाथिर मोहमद विश्वकै सबभन्दा वृद्ध निर्वाचित नेता बनेका छन्।
अवकाश
राजनीतिबाट अवकाश लिइसकेका पूर्वप्रधानमन्त्री मोहम्मदले पुन: राजनीतिमा फिर्ता भई विपक्षी दलसँग आफूलाई जोडेका थिए।
उनले आफ्नै पुराना राजनीतिक शिष्य नेता नजिब रजाकलाई चुनावमा चुनौती दिएका थिए।
उनको ऐतिहासिक जितले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको बारिसन नाशिओनल पार्टीको गठबन्धन पाखा लागेको छ।
विजय उत्सव मनाउनका लागि सडकहरूमा महाथिरका समर्थकहरु ओइरिएका थिए।
हार स्वीकार
नजिबले जनताको निर्णय स्वीकार गर्ने बताएका छन्।
कुनै एक पार्टीले स्पष्ट बहुमत नल्याएका कारण कसलाई सरकार बनाउन दिने भन्ने निर्णय मलेशियाको राजाका काँधमा आइपरेको थियो।
महाथिरले बिहीवार आयोजित पत्रकार सम्मेलनमा भने "हो म अझै जिवित छु।"
उनले उनको गठबन्धनले बदला नलिने तर कानुनको शासन पुनर्स्थापित गर्ने बताए।
बिदा
उनले हर्षोल्लास मनाउनका लागि दुई दिन सार्वजनिक बिदा दिने घोषणा पनि गरे।
तर जितेकाहरूका निम्ति भने कुनै बिदा नहुने उनले बताए।
आधिकारिक नतिजाका अनुसार विपक्षी गठबन्धनले २२२ सिटमध्ये ११३ सिट जितेको छ।
महँगी बढेको साथै लामो समयदेखिको भ्रष्टाचारका आरोपले थुप्रै मतदाताहरुलाई प्रभावित पारेको थियो।