तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बिदा कटौती: आगामी वर्ष २२ दिन थप काम
सरकारले आगामी २०७५ सालमा यो वर्षभन्दा २२ दिन बढी सरकारी कार्यालय सञ्चालन हुने गरी बिदा सम्बन्धी नयाँ व्यवस्थापन गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीले बताएका छन्।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा सहभागी राज्यमन्त्री गोकुल बाँस्कोटाले सरकारले अघि सारेको उत्पादन वृद्धि तथा समृद्धिको उद्देश्य अनुरूप हुने गरी बिदा काँटछाँट गरिएको बताए।
कटौती
उनले भने, "२०७५ सालमा अहिलेको भन्दा २२ दिन बढी कार्यालयहरू खुल्नेछन्। राष्ट्रिय एकता दिवस तथा प्रजातन्त्र दिवस जस्ता दिनहरू अब मनाउने दिवस हुनेछन्। तर तिनमा बिदा हुने छैनन्। एउटा राष्ट्रिय दिवसका रूपमा संविधान जारी भएको असोज ३ लाई रोजिएको छ।"
दशैंजस्ता पर्वका बिदा पनि केही कटौती गरिएको उनले बताए।
कतिपय बिदालाई धर्म र क्षेत्र विशेषमा सीमित पारिएको उनको भनाइ थियो। त्यस्ता बिदा अब २२ दिन हुने उनले बताए। अब सबैले पाउने सार्वजनिक बिदा ६७ दिनमात्र हुने उनले बताए।
नेपालमा निकै धेरै सार्वजनिक बिदा हुने गरेको भनी टिप्पणी हुने गरेको छ। यसै सन्दर्भमा नयाँ सरकारले बिदा कटौतीको निर्णय लिएको देखिन्छ।