विमान दुर्घटनाको छानबिन गर्न आयोग

तस्बिर स्रोत, RSS
नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस-बांग्ला एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिवको नेतृत्वमा एउटा आयोग गठन गरेको छ ।
सोमवार दिउँसो भएको उक्त दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ।
पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय छानबिन आयोग गठन गरिएको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले बीबीसीलाई बताए।
आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको पनि मन्त्री पण्डितले बताए।
सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरू प्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।





