बांग्लादेशी विमान दुर्घटना: दर्जनौँको मृत्यु

plane crash in Nepal

तस्बिर स्रोत, Barsha Shah

यूएस-बांग्ला एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा परी विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

सत्सट्ठी यात्रु र चालक दलका चार सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले दुर्घटनास्थलमा ४० जनाको शव भेटिएको र उपचारका क्रममा नौ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको जानकारी दिए।

विमानस्थलमा खटिएका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार विमानको भग्नावशेषमा खोजी गर्दा हराएका भनिएका थप आठ जनाको शव भेटिएपछि हताहत हुनेको संख्या बढेको हो।

दुर्घटनाग्रस्त विमानको भग्नावशेष

तस्बिर स्रोत, Barsha Shah

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकाली उक्त विमान अवतरणका क्रममा अनियन्त्रित भई २:१८ बजे धावनमार्गको पूर्वतर्फ दुर्घनाग्रस्त भएको जनाएको छ।

छानबिन हुने

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा उद्धारकार्यबारे बुझ्न दुर्घटनास्थल पुगेका थिए।

विमानस्थल धावनमार्ग

सामाजिक सञ्जाल ट्विटरमा दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ओलीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताएका छन्।

दुवै जना सिनामङ्गस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुगेर भर्ना भएका घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

को थिए विमानमा?

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा सवार यात्रुह‌रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका थिए।

तीमध्ये ३३ जना नेपाली, ३२ जना बांग्लादेशी, एक जना चिनियाँ र एक जना माल्दिभ्सका नागरिक भएको बुझिएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई काठमाण्डूका विभिन्न अस्पताल लगिएको थियो

धावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी विष्णु सापकोटाले बताए।

सापकोटा उड्न तयार अर्को विमानमा थिए।

दुर्घटनापछि केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।

तीन घण्टापछि विमानस्थलको धावनमार्ग खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले बताए।