तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुससँग अरुले जित्न नसक्ने क्षमताको क्षेप्यास्त्र छ: पुटिन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले, उनकै शब्दमा, अरुले जित्न नसक्ने क्षमताको नयाँ क्रुज क्षेप्यास्त्रको विकास गरेको बताएका छन्।
आगामी राष्ट्रपतीय चुनावपूर्व आफ्ना महत्वपूर्ण नीतिहरु प्रस्तुत गर्दै पुटिनले गरिबीको रेखामुनि रहेका रुसीको संख्या आधा घटाउने वाचा गरेका छन्।
मार्च १८ मा हुने सो चुनावमा विजयी हुँदै पुटिन चौथौ पटक राष्ट्रपतिमा चुनिने ठानिएको छ।
प्रदर्शन
राष्ट्रपतीय चुनावपूर्व राष्ट्रलाई गरेको सम्बोधनका क्रममा पुटिनले भिडिओहरु प्रस्तुत गर्दै विश्वको जुनसुकै भागमा पुग्न सक्ने क्षमता भएको एक क्षेप्यास्त्र सहितका विभिन्न प्रकारका नयाँ अस्त्रहरु प्रदर्शन गरेका थिए।
यूरोप र एसियामा अमेरिकी प्रतिरक्षा प्रणालीले सो क्षेप्यास्त्रलाई रोक्न नसक्ने पनि पुटिनले बताएका छन्।
उनले रुसले पनडुब्बीबाट प्रहार गर्न सकिने परमाणु अस्त्रयुक्त ड्रोनको पनि परिक्षण गरिरहेको बताए।
पुटिनले अमेरिकी सेनाको प्राविधिक विस्तारका कारण आफ्ना परमाणु अस्त्र बेकार हुनु अघि नै रुसले आफ्ना अस्त्र सुधार्नुपर्ने बताए।
दुई घण्टा लामो टेलिभिजिन सम्बोधनका क्रममा उनले रुसी नागरिकहरुलाई ती दुई परमाणु अस्त्रहरुका लागि नाम सुझाउन पनि बताए।
गरिबी
सो सम्बोधनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या आधा पार्ने बाचा गरे।
६ वर्षभित्रमा गरिबीको रेखामुनि रहेका रुसीहरुको संख्या दुई करोडबाट घटाएर एक करोडमा झार्ने पुटिनले बताए।
सरकारी आँकडा बमोजिम प्रत्येक ७ जना रुसीमध्ये एकजना गरिबीको रेखामुनि रहेका छन्।
उनको सरकारले रुसीहरुको औसत उमेर बढाएको भए पनि अझै त्यसलाई बढाई जापान, फ्रान्स र जर्मनीको बराबर ८० वर्ष पुर्याउने लक्ष्य राखिएको बताए।