तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘१९५० को सन्धिका विवादित प्रावधान बदल्न महत्त्वपूर्ण प्रगति’
नेपाल-भारत प्रबुद्ध व्यक्तिहरुको समूहले सन् १९५० को शान्ति तथा मैत्री सन्धि रहेका विवादस्पद प्रावधानहरु बदल्ने दिशामा महत्त्वपूर्ण प्रगति हासिल गरेको बताइएको छ।
उक्त समूहमा नेपाली टोलीका नेतृत्वकर्ता भेखबहादुर थापाले सुरक्षा, खुला सीमा, एकअर्काका नागरिकलाई समान हैसियत दिने जस्ता विगतका विवादित विषय सुल्झाउन प्रगति भएको बीबीसीलाई बताएका हुन्।
तर उनले कस्ता परिवर्तन हुनेछन् भन्नेबारे खुलाएनन्।
आश्वासन
आइतवार काठमाण्डूमा सकिएको उक्त समूहको सातौं बैठकपछि भारतीय पक्षका टोली नेता भगतसिंह कोश्यारी पनि दुवैलाई मान्य हुने समाधान निस्कनेमा आश्वस्त देखिए।
उनले भने, "जब अन्तिम बैठक पछि हामी दुवै सरकारलाई प्रतिवेदन दिन्छौं, त्यसबेला तपाईँहरु कोही पनि निराश हुनु हुनेछैन। सबै खुशी हुनुहुनेछ। म यो कुरा भारतीय सरकारको तर्फबाट आश्वस्त तुल्याउन सक्छु"।
आगामी जुलाईसम्म समयावधि रहेको प्रबुद्ध व्यक्तिहरुको समूहको अर्को बैठक दिल्लीमा हुनेछ।