तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बांग्लादेश: सामूहिक बलात्कार र हत्यामा ४ जनालाई मृत्युदण्ड
बांग्लादेशको एउटा अदालतले एउटी युवतीको सामूहिक बलात्कार पछि हत्या भएको मुद्दामा चार जनालाई मृत्युदण्ड दिने फैसला सुनाएको छ।
सो घटनामा संलग्न अर्का एक जना पुरुषले सात वर्षको कैदको सजाय पाएका छन्।
कानुन अध्ययन गर्दै गरेकी पीडित जाकिया सुल्ताना रुपा एउटा स्थानीय बसमा गत अगस्ट महिनामा यात्रा गर्दै थिइन्। सोही बसका चालक र अरू कर्मचारीले सो बसको अन्तिम यात्रु रहेकी उनको सामूहिक बलात्कार गरेका थिए।
प्रहरीले उनको शव राजधानी ढाकाबाट केही पर रहेको एउटा जंगलमा फेला पारेको थियो।
त्यसको केही दिन पछि बसका चालक, उनका सुपरीवेक्षक र तीन जना सहायकहरूलाई पक्राउ गरिएको थियो।