तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आगामी वर्षभित्रै दूतावास जेरुसलेम सार्ने: पेन्स
संयुक्त राज्य अमेरिकाले तेल अभिभ शहरमा रहेको उसको दूतावास सन् २०१९ को अन्त्यसम्ममा जेरुसलेममा सारिने बताएको छ।
इजरेली संसद्मा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले त्यस्तो बताएका हुन्।
अवरोध
इजरेली संसद्मा पेन्सले अमेरिकी दूतावास सारिने बारे बताइरहँदा ट्रम्पको विवादास्पद घोषणाको विरोधमा रहेका अरब सांसद्हरुले केही बेर अवरोध पनि गरेका थिए।
सम्बोधनका क्रममा उपराष्ट्रपति पेन्सले अमेरिका इजरेलको पक्षमा रहेको बताएका थिए।
गत महिना राष्ट्रपति डोनल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेका थिए।
साथै दूतावासलाई सार्नका लागि तयारीहरु थाल्न आदेश पनि ट्म्पले दिएका थिए।
जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिइएको विषयले अमेरिकी उपराष्ट्रपति पेन्सको मध्यपूर्व भ्रमणमा प्रमुखता पाएको छ।
जेरुसलेमलाई लिएर इजरेल र प्यालेस्टाइनबीच विवाद मात्रै छैन, दुबै देशले उक्त भूमिलाई आफ्नो राजधानी बताउने गरेका छन्।
इजरेलले जेरुसलेमलाई उसको अविभाजित राजधानी ठान्दछ।
प्यालेस्टिनी पक्षले भने सन् १८६७ मा भएको मध्यपूर्वी युद्धका क्रममा इजरेल अधिनस्थ रहेको पूर्वी जेरुसलेमलाई आफ्नो भावी राज्यको राजधानीका रुपमा दाबी गर्दछ।
मुसलमान, इसाई र यहुदीहरुले समेत उक्त भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गरेका छन्।