इरान: 'गैरकानूनी भेला'मा भाग नलिन चेतावनी

इरान

इरानी सरकारी निकायहरुले कुनै पनि सरकारविरोधी प्रदर्शनमा सहभागी नहुन सर्वसाधारणलाई चेतावनी दिएका छन्।

महंगी र भ्रष्टाचारविरुद्ध दुई दिन भएको प्रदर्शनपछि आन्तरिक मामिला मन्त्री अब्दोलरहमान रहमानी फजलीले 'गैरकानूनी भेला' मा सहभागी नहुन भनेका हुन्।

तर शनिबार पनि थप प्रदर्शन भएको देखिएको छ।

हसन रुहानी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, इरानको कमजोर आर्थिक अवस्थाका लागि राष्ट्रपति हसन रुहानीको नीति कारक रहेको कैयौं आरोप लगाउँछन्

नारा

तेहरान विश्वविद्यालयको वरपर स-साना समूहले प्रदर्शन गरेका भिडिओहरु सामाजिक सञ्जालहरुमा राखिएका छन्।

भिडिओमा उनीहरुले सर्वोच्च नेता आयोतल्ला अलि खामेनीले पद छोड्नपर्ने भन्दै नारा लगाएको पनि सुनिन्छ।

देशभर सरकारको समर्थनमा पनि विशाल र्याली आयोजना गरिएका छन्।

त्यसलाई सरकारी निकायहरुको शक्ति प्रदर्शनको रुपमा पनि अर्थ्याइएको छ।