तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नाइजेरियाः क्याम्पसहरूमा सपेरा राखिँदै
उत्तर-पश्चिमी नाइजेरियास्थित एउटा विश्वविद्यालयले क्याम्पसहरूमा सर्पदंशका घटना बढ्न थालेपछि उक्त समस्यासँग जुझ्न सर्पलाई वशमा पार्ने सपेराहरू राख्न थालेको छ।
गत हप्ता मात्रै सर्पले टोक्दा उमारु मुसा यारअडुआ विश्वविद्यालयमा अध्ययनरत अर्थशास्त्रकी एकजना विद्यार्थी जैनब उमरको मृत्यु भएको थियो।
उनी अर्थशास्त्रको अन्तिम वर्षकी विद्यार्थी थिइन्।
एकजना डिन सुलेमान कंकाराले पछिल्लो सर्पदंशको घटना हुनुअघि पनि सपेराहरू राखिएको बताए।
चलन
सपेराहरूले सर्पलाई वशमा पार्ने चलन दक्षिण एसियाली मुलुक र अफ्रिकाका केही भागमा रहिआएको छ।
सर्पले टोकेपछि विश्वविद्यालयको क्लिनिकमा उपचार गराइरहेकी छात्रा उमरलाई उनका भाइ र साथीले त्यहाँबाट लगेका थिए।
सपेराहरूले बिन बजाउने गर्छन् र सर्पहरू तिनीहरुको निकै नजिक आएर प्रतिक्रिया जनाउँछन्।
आश्चर्यलाग्दो कुरा के हो भने सपेराहरूले त्यसरी बिन बजाउँदा फण फुकाउने गोमन सर्पले पनि उनीहरूलाई आक्रमण गर्दैन।
नाइजेरियामा सपेराहरुले चटक देखाउने बेला नाङ्गो हातले गोमन सर्प समाइदिन्छन् र कहिलेकाहीं त्यस्ता चटक हेर्नेको निकै भीड लाग्ने गर्दछ।
उत्तरी नाइजेरियामा सपेराहरूले देखाउने चटकलाई मनोरञ्जनको एउटा माध्यमका रूपमा लिइन्छ।