तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटिश लेखक इसिगुरोलाई नोबेल साहित्य पुरस्कार
ब्रिटिश लेखक काजुओ इसिगुरोले साहित्यतर्फ सन् २०१७ को नोबेल पुरस्कार जितेका छन्।
पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै उनले 'आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्धबारे हाम्रो भ्रमपूर्ण भावको गहिराइ पत्ता लगाएको' उल्लेख गरेको छ।
उनका सबैभन्दा चर्चित उपन्यासहरु 'द रिमेन्स अफ द डे' र 'नेभर लेट मि गो' मा आधारित रहेर चलचित्र बनाइएका छन्।
६२ वर्षीय लेखकले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा 'अचम्मित तुल्याउने खालको खुशी' भएको बताए।
उनले आठवटा पुस्तक लेखेका छन्।
ती ४० भन्दा बढी भाषामा रुपान्तरण गरिएका छन्।