तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बालकृष्णको सम्पत्ति सवा ११ खर्ब कसरी पुग्यो?
चिनियाँ अनुसन्धान संस्था 'हुरुन'ले भारतमा सन् २०१७ का धनीहरुको सूची निकालेको छ जसको आठौं स्थानमा पतञ्जलीका प्रमुख कार्यकारी आचार्य बालकृष्ण परेका छन्।
गत वर्ष बालकृष्ण २५औं नम्बरमा थिए।
यो वर्ष उनको सम्पत्ति १७३ प्रतिशतले बढेर ७० हजार करोड भारतीय रुपैयाँ अर्थात् करिब सवा ११ खर्ब नेपाली रुपैयाँ पुग्यो।
हुरुनका अनुसार, नोटबन्दी र वस्तु तथा सेवा कर जीएसटीले बालकृष्णको सम्पत्ति वृद्धिमा मद्दत गर्यो।
नोटबन्दीले संगठित क्षेत्रमा सकारात्मक प्रभाव पारेको ठानिएको छऽ
४४ वर्षका बालकृष्ण यही मार्चमा फोर्ब्स अखबारले निकालेको संसारका अर्बपतिहरुको सूचीमा ८१४ नम्बरमा थिए।
त्यतिखेर २०४३ अर्बपतिको सूची निकालिएको थियो।
प्रगति
गत वर्ष फोर्ब्सको सूचीमा भारतका १०० धनीको सूचीमा उनी साढे २ अर्ब डलरसहित ४८औं नम्बरमा थिए।
पछिल्लो आर्थिक वर्षमा पतञ्जलीले १० हजार ५६१ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो।
पतञ्जलीले बहुराष्ट्रिय कम्पनीहरुलाई कडा चुनौती दिइरहेको छ।
पृष्ठभूमि
बालकृष्णको जन्म नेपालमा भएको थियो र हरियाणाको एक गुरुकुलमा उनले योगगुरु रामदेवसँगै पढाइ गरेका थिए।
सन् १९९५ मा यी दुई जना मिलेर दिव्य फार्मेसीको स्थापना गरे।
सन् २००६ मा पतञ्जली आयुर्वेदको स्थापना भयो।
अहिले पतञ्जलीले श्याम्पूदेखि लिएर अनाज, साबुनदेखि लिएर चाउचाउसमेत बेच्छ।
हुरुनको सूचीमा पहिलो नम्बरमा मुकेश आम्बानी छन्।
उनको कुल सम्पत्ति २ लाख ५७ हजार ९ सय करोड भारतीय रुपैयाँ छ।
त्यो गत वर्षको तुलनामा ५८ प्रतिशतले बढेको हो।