तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेसबुक ट्रम्पको विरोधी होइनः जकरबर्ग
फेसबुकका संस्थापक मार्क जकरबर्गले उक्त सामाजिक सञ्जाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी रहेको आरोपको खण्डन गरेका छन्।
जकरबर्गले फेसबुकले 'सबै मानसका निम्ति एउटा समुदाय बनाउने प्रयास जारी राख्ने' बताए।
राष्ट्रपति ट्रम्पले फेसबुक 'षड्यन्त्रकारी' र आफूविरुद्ध भएको ट्वीटरमा आरोप लगाएका थिए।
विगतमा ट्रम्पले न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट पत्रिकामाथि पनि त्यस्तै आरोप लगाएका थिए।
उपस्थित
गत वर्षको राष्ट्रपतीय चुनावमा मस्कोले गरेको भनिएको हस्तक्षेपबारे छानबिन गरिरहेको संसदीय समितिलाई फेसबुकले ३,००० भन्दा बढी राजनीतिक विज्ञापनबारे विवरण उपलब्ध गराउँदैछ।
राष्ट्रपतीय चुनावका बेला ती विज्ञापनहरुका लागि सम्भवतः रुसी पक्षबाट रकम दिइएको फेसबुकको विश्वास छ।
चुनावमा रुसी हस्तक्षेपबारे आउँदो नोभेम्बर १ तारिखमा संसद्को गुप्तचर समितिलाई प्रश्नहरुको जवाफ दिन फेसबुक, ट्वीटर र गुगललाई भनिएको छ।
समितिमा उपस्थित हुन औपचारिक रुपम पत्र पाएको फेसबुक र गुगलले बताएका छन्।
यद्यपि समितिमा उपस्थित हुने वा नहुनेबारे उनीहरुले केही बताएका छैनन्।
मस्कोले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ।