हाइड्रोजन बम परीक्षण: उत्तर कोरिया

भूगर्भवीदहरुले भूकम्प मापन गरेको केही घण्टापछि यो साम्यवादी मुलुकले उसको छैठौं आणविक परीक्षण "असाध्यै सफल" रहेको बताएको छ।

प्योङयाङले एउटा अणुबम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको बताएको छ।

जापानले परीक्षणको भत्सर्ना गरेको छ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक गरेका छन्।

कृत्रिम भूकम्प उत्तर कोरियाको पाँचौं परीक्षण भन्दा ९.८ गुणा शक्तिशाली रहेको बताइएको छ।

उत्तर कोरियाली नेता किम जङ उनले नयाँ प्रकारको हाइड्रोजन बम निरिक्षण गरिरहेको तस्बिर त्यहाँको राज्य सञ्चालित मिडियाले सार्वजनिक गरेको केही घण्टामा यो खबर आएको छ।