तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘भारतमा तीन तलाक असंवैधानिक’
महिला अधिकारवादीहरुलाई एक महत्वपूर्ण विजय दिलाउने गरि भारतको सर्वोच्च अदालते मुसलमान समुदायमा रहेको 'ट्रिपल तलाक' भनिने तत्काल सम्बन्धविच्छेद गर्ने चलन असंवैधानिक भएको फैसला गरेको छ।
अदालतले ३-२ को बहुमतको फैसलामा सो चलनलाई गैर इस्लामिक भनेको छ।
उक्त चलन बमोजिम मुसलमान पुरुषले आफ्ना श्रीमतीलाई केवल तीन चोटी तलाक भनेको भरमा सम्बन्ध विच्छेद गर्न पाउँथे।
उक्त चलन पाकिस्तान र बाँग्लादेशमा प्रतिबन्धित थिए भने भारतमा जारी थियो।
मुसलमान समुदायका महिलाहरुले श्रीमानले पत्र, टेलिफोन र अझ अहिले आएर व्हाट्स एप वा स्काइप जस्ता माध्यममार्फत 'ट्रिपल तलाक' दिएका कारण उनीहरु अलपत्र पर्ने गरेको बताउँदै आएका थिए।
यस्तै चलनका कारण सम्बन्धविच्छेद हुन वाध्य भएका पाँचजना मुसलमान महिला तथा दुईवटा अधिकार समूहले दायर गरेको मुद्दामा फैसला दिंदै अदालतले सो चलनलाई अवैधानिक घोषणा गरेको हो।
महिला अधिकारवादीहरुले अदालतको फैसलालाई ऐतिहासिक जित भन्दै स्वागत गरेका छन्।