तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: एकतिहाइ क्षेप्यास्त्र परीक्षणमा विफल
एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको भन्दै लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने औंल्याएको छ।
भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने ३० प्रतिशत क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएको एउटा आधिकारिक प्रतिवेदनले देखाएको छ।
लडाइँका बेला त्यसले जोखिम निम्त्याउन सक्ने प्रतिवेदनले औंल्याएको छ।
त्यस्ता क्षेप्यास्त्रको अवस्थाबारे विवरण दिएको प्रतिवेदनले २० वटा क्षेप्यास्त्र परीक्षण गरिएकोमा केही अपेक्षित गतिमा नगएको र केही लक्ष्यसम्म नपुगेको उल्लेख गरेको छ।
त्यस्तै केही क्षेप्यास्त्र प्रहार नै हुन नसकेको बताइएको छ।
तैनाथ
शत्रुको विमान आफ्नो क्षेत्रमा प्रवेश गरे त्यसलाई प्रहार गर्न भनेर बनाइएका 'आकाश' नामक क्षेप्यास्त्रको विकासमा भारतीय रक्षा मन्त्रालयले ७० करोड डलरभन्दा बढी खर्च गरेको बताइन्छ।
ती क्षेप्यास्त्रहरु चीनसँगको सिमानामा तैनाथ गर्ने भारतीय योजना रहेको बताइएको छ।
तर प्राप्त विवरणहरु अनुसार क्षेप्यास्त्र तैनाथ गरिने स्थलहरु तयार नभइसकेकोले हालसम्म एउटा पनि तैनाथ गरिएको छैन।